कुन देशलाई सबैभन्दा धनी देश भनिन्छ ?
तपाईं भन्नुहोला कि जुन देशमा सबैभन्दा धेरै पैसा छ, त्यो देश संसारको सबैभन्दा धनी देश हो । तर यो प्रश्नको जवाफ यति सिधा छैन ।
सबैभन्दा धनी देशको सूची बनाउनका लागि विभिन्न बाटो अपनाइन्छन् । जस्तै जीडिपी अर्थात् कुल ग्राह्यस्थ उत्पादनको तुलना गर्नु ।
जीडिपीको अर्थ हुन्छ कुनै अर्थव्यवस्था हरेक वर्ष कुल कति सामान र सेवाको उत्पादन गर्दछ ।
यदि तपाईं आकारको हिसाबले हेर्नुहुन्छ भने विश्व बैंकका अनुसार अमेरिका र चीन सबैभन्दा ठूलो अर्थव्यवस्था हुन् ।
र यदि हामीले उक्त धन त्यहाँ बस्ने मानिसहरुको संख्यामा भाग गर्छौं भने (जसलाई जीडिपी पर क्यापिटा भनिन्छ), सबैभन्दा धनी देश लक्जम्बर्ग, स्विटजरल्याण्ड र मकाउ हुनेछन् ।
यद्यपी, माथि बताइएका सबै कुरा ठिक छन् तर थुप्रै अर्थशास्त्रीले अर्थव्यवस्थाको अनुसन्धान गरेर धनी भए नभएको पत्ता लगाउने गर्छन् ।
यसका लागि उनीहरुले उक्त देशको जनताको खरिदारी कस्तो छ, त्यसबारे अध्ययन गर्छन् । साथै, उक्त देशका विभिन्न तहका नागरिकको खरिददारीमा कति समानता छ त्यो पनि बुझ्ने कोसिस गर्छन् ।
यो तरिका अपनाउँदा कतार, मकाउ, लक्जम्बर्ग पछि सिंगापुर, ब्रुनई र कुवेत सबैभन्दा धनी देश हो ।
यी देशपछि सूचीमा संयुक्त अरब इमिरेट्स, नर्वे, आयरल्याण्ड र स्विटजरल्याण्डको नाम आउँछ ।
स्रोतः विश्व बैंक (खरिददारीको क्षमतामा समानता)
तेल र प्राकृतिक ग्याँसको विशाल भण्डार भएको देश कतार धनी देशको सूचीको शीर्ष स्थानमा छ ।
पछिल्ला केही वर्षदेखि कतार धनी देशको सूचीमा पहिलो स्थान ओगट्न सफल भइरहेको छ । यद्यपी, सन् २०१३ र २०१४ मा मकाउ कतारभन्दा अगाडि आएको थियो तर सन् २०१५ मा दोस्रोपटक मकाउ दोस्रो स्थानमा फर्कियो ।
मकाउको अर्थव्यवस्था (चीनको दक्षिणी तटमा बसेको एक स्वायत्त क्षेत्र) मुख्य रुपमा पर्यटन र क्यासिनो उद्योगमा निर्भर छ ।
यस्तै, युरोपेली देश लक्जम्बर्गको आर्थिक विकास लगानीको प्रबन्धन र नीजि बैंकको फाइदाबाट भएको हो । लक्जम्बर्गको कर व्यवस्था निकै सुस्त छ यसकारण यहाँको बैंकले निकै नाफा कमाइरहेका छन् ।
‘गिनी कोएफिशिएं’ धनी र गरिबबीचको खाडल मापन गर्ने एक तरिका हो । यो जिरोदेखि एकको बीचमा मापन गरिन्छ । यसमा जिरोको अर्थ पूर्ण रुपमा असमान हो ।
यद्यपी, यो तरिकाको अलोचना पनि गरिन्छ ।
विश्व बैंकको आँकडा अनुसार दक्षिण अफ्रिका, हाइटी र होन्डुरास संसारको सबैभन्दा असमान देशको सूचीमा समावेश छ ।
यी देशपछि कोलम्बिया, ब्राजिल, पनामा, चिली र रवान्डा, कोस्टा रिका र मेक्सीकोको नाम आउँछ ।
वास्तवमा, ल्याटिन अमेरिका र क्यारेबेली संसारको सबैभन्दा असमान क्षेत्र हुन् । त्यसपछि सब–सहारा अफ्रिाकाको नाम आउँछ ।
र १० असमान देशको सूचीमध्ये आठ एक क्षेत्रको हो र अन्य दुई अफ्रिकी देशको हो ।
स्रोत : रातोपाती