सचिन पंगेनी
चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहायतास्वरुप १० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
सोमबारदेखी राजधानीमा शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । त्यस्तै वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् ।
वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल,अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन्। राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिवहरू पनि वार्तामा सहभागी भएका छन् ।