विराटनगर, (नेस)
नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालले डा. गोविन्द केसीको भूमिका रहस्यपूर्ण रहेकाले उहाँको माग सम्बोधन गर्न गाह्रो भएको बताएका छन ।
शुक्रबार बिहान विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै वरिष्ठ नेता नेपालले मनमोहनको नामका संस्था बन्द गर्ने र विद्यार्थीहरुलाई विदेश पठाउने नियत देखिएको बताए । उनले डा. केसीलाई अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न वार्तामा आउन आग्रह पनि गरेका छन । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भईरहेको व्यापारीकरण रोक्नुपर्ने बताउदै सरकारले विस्तारै जनताको शिक्षा र स्वास्थ्यको दायित्व लिने पनि बताए ।
उनले संक्रमण कालमा गरिने निर्णयहरु सहमति र सहकार्यमा नगर्ने गरिएकाले यस्ता समस्याहरु आउने बताए । उनले तदर्थ रुपमा गर्ने कार्यले सरकार संचालनमा अप्ठ्यारो पर्ने भएकाले यस्ता प्रवृति बदल्नु पर्ने धारणा व्यक्त गरे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।