रौतहट, (नेस)
रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला प्राबिधिक कार्यालयका एक ईन्जिनियर शुक्रबार पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाका शाखा अधिकृत तीर्थ राज उपाध्ययको नेतृत्वको टोलिले प्राबिधिक कार्यालयका ईन्जिनियर अजय कुमार ठाकुर लाई घुस रकम सहित पक्राउ गरेको हो ।
उपभोक्ता समिति संग ४५ हजार घुस लिदै गरेको अबस्थामा ईन्जिनियर ठाकुर लाई आयोगको टोलिले रङ्गेहात पक्राउ गरेको हो । रौतहटको फतुवाबिजयपुर नगरपालिका–८मा रहेको सरस्वती प्राथमिक बिद्यालको भबनमा रङ्गरोगन, पर्खाल र बाटो निर्माणका उपभोक्ता समिति संग अन्तिम बिल भुक्तानीको लागि ४५ हजार घुस रकम लिदै गर्दा ईन्जिनियर ठाकुर पक्राउ परेका हुन ।
उक्त भबन मर्मत सहित पर्खाल निर्माणको लागि फतुवा बिजयपुर नगरपालिका बाट ३ लाख र ८ नम्बर वडा कार्यालय बाट ५ लाख रुपैया बिनियोजन गरेर उपभोक्ता समिति मार्फत निर्माण कार्य गराइएको ८ नम्बर वडाका अध्यक्ष उमाशंकर साहले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।