सचिन पंगेनी
डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्।बिगत २३ दिनदेखि अनसनरत डा. केसीले बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै अनशन अन्त्य गरेका हुन्। केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।
सरकारले उनको माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला कुनै सम्झौता बिना नै उनले अनशन स्थगित गरेका हुन्।