सिने जगतमा ब्रेक अप र प्याचअपका खवरहरु कुनै नौलो होईन ।अभिनेता अभिनेत्रीहरुको कहिले को सँग त कहिले को सँग नाम जोडीरहेकै हुन्छ । यस्तैमा हालै नायिका साम्राज्ञीको प्रेमी मयंकसँग ब्रेक अप भएको चर्चा चुलिन थालेको छ ।साम्राज्ञी लामो समयदेखि दरवारमार्गस्थीत क्लब डेजाभुका मालिक रहेका मयंक खड्को प्रेममा रहेकी थिईन् ।
मयंक र साम्राज्ञी प्रेममा रहेतापनि उनीहरुले मिडिया सामु मुख खोलेका थिएनन् तर सामाजिक संजालमा फोटोहरुमा प्रेमले भरीएका अभिब्यक्ती तथा संकेतहरु पठाउने गर्दथे त्यस्तै साम्राज्ञीको फिल्मको प्रिमियर तथा शोहरुमा मयंक प्रायः साथै देखिन्थे ।
पछिल्लो समय नायिका साम्राज्ञी फिल्म ईन्टु मिन्टु लण्डनको शुटींगमा ब्यस्त हुन थालेपछि प्रेमी मयंकलाई समय नदिएको कारण ब्रेकअप भएको भन्ने खवरहरु आईरहेको छ ।त्यस्तै उनीहरु बिचको सम्वन्धमा दरार आउनुमा मयंकले शंका गरेको भन्ने चर्चा पनि उत्तीकै चलीरहेको छ ।यसकुराबारे नायिका साम्राज्ञीले ब्रेकअपलाई खासै ठूलो रुपमा लिन आबश्यक नभएको भन्ने प्रतिक्रिया दिएको र प्रेमी मयंकले पनि आफ्नो फेसबुक पेजमा घुमाउरो पारामा मैले शंका गरेको रे कति हाँस्नु भन्ने स्टाटस् लेखेका छन् जसले सजिलै अनुमान लगाउन सकिन्छ कि यी जोडी बिचको सम्बन्ध टुंगीएको हो ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।