हुम्ला (नेस) । पहिलो पटक जिल्ला प्रशासन कार्यालय हुम्लाले सिसि क्यमारा संचालनमा ल्याएको छ । दैनिक दिन हुने सेवाप्रवाहमा कर्मचारी तथा सेवाग्राहि माथि निगरानी राख्नको लागि फाँटमा सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गनाले बताए ।
अनावश्यक काम बाहेक धेरैवेर फाँटमा बस्ने सेवाग्राहीको काम नगर्ने फाँटका कर्मचारीको लागि निगरानी गर्न सहज भएको छ । आफु सबै फाँटमा गएर भईरहेका गतिविधीहरुका बारेमा बुझन समस्या भएकै कारणले अहिले सिसि टिभी जडान पछि सहज आएको प्रमुख जिल्ला अधिकारीले बताए ।
सिसी क्यामार प्रयोग पछि कार्यालयमा हुने अनावश्यक भिँडभाड, सेवाग्राहीको सेवाप्रवाहमा आलटाल गर्ने कर्मचारी लाई सजक बनाएको छ । नयाँ डिजिटल प्रविधीबाट सेवाग्राही र कर्मचारीमा सेवा प्रवाह संचालन सम्बन्ध चुस्त,दुरुस्त राख्नको लागि पहिलो पटक डिजीटल प्रविधी प्रयोगमा आएको छ ।
दैनिक दिन हुने नागरिकता, राहदानी, सिमापास,शिफासिर,प्रशासन कार्यालयमा आउने मुद्धा लगायत सेवाग्राहिको बढि सरोकार हुने भएकोले ६ थानमा क्यामेरा राखिएको प्रमुख जिल्ला अधिकारी ढुङ्गनाले बताए । सिसि क्यामार जडनामा ३२ लाख लागत जडना गरिएको जिल्ला प्रशासन कार्यालय श्रोतले बताएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।