नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोट शिवपुरी गाँउपालीका वडा नं १ का अनन्तराम केसीले एकसय घण्टा निन्तर भाषण गरेर विश्व रेकर्ड राख्ने भएका छन ।
गतवर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएको भनिए पनि प्रमाणिकरण नभएकोले यो पटक केसीले त्यसलाई समेत तोडेर अर्काे किर्तिमान बनाउन लागेको बताएका छन । गिनीजले यसअघि बनाएको ८० घण्टाको भेरीफिकेसन अझै नभएकोले फेरी नयाँ रेर्कडको तयारीमका जुटेको बताए । केशीले अबको लक्ष्य भनेको न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार भाषण गर्नु रहेको बताउनुभयो ।
केशीले यसपटक गिनीज वुक अफ वल्डको अफिस बेलायतबाटै प्रतिनिधि झिकाएर गिनीजमा नाम लेखाउन समेत प्रतिनिधि बोलाइ सकेका छन । केसीले यसपटक “विश्वले चिन्ने छ नेपालीलाई” भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो ।
केशीले विश्व किर्तिमानको लागि योपटक आगामी भदौ ११ गतेबाट भाषण शुरु गर्ने बताएका छन । योग प्रशिक्षक, मेमोरी माष्टर, मोटीभेसनल स्पीकर समेत रहेका केसीले स्मरण शक्ति बढाउने र सहि रुपमा प्रयोग गर्ने बिषयमा केहि पुस्तक समेत लेखेका छन् ।
कुनै बेला योगी विकासानन्दको मुख्य सारथी रहेका अनन्तराम अहिले योगका अलावा अन्य सामाजीक कार्यमा समेत लागि परेका छन् । मनोशक्तिको खोजीमा देशका सबै जिल्लाको पैदल यात्रा गरेका केसीको अभियानलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरिएको छ ।
लायन्स क्लब, ३२५ पूर्व डिस्ट्रिक गभर्नर कुमारराज सुवेदीको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन बढी उपसमितिहरु गठन गरिएको छ । कार्यक्रममा संयोजक सुवेदीले विश्व रेकर्डको तयारी र यसले नेपालको चिनारीका लागि पार्ने प्रभावका बारेमा जानकारी दिएका थिए ।
चौविसै घण्टा निरन्तर चल्ने उक्त कार्यक्रममा गिनीजका प्रतिनिधिहरु, प्राविधिक टोलीहरु, भोलेन्टीयर, सहभागीहरु, दर्शकहरु सहित न्युनतम एक हजारको उपस्थीति रहने बताइएको छ । कार्यक्रमको स्पोर्ट भेरीफिकेसनको लागि मात्र ७ हजार पाउण्डस्ःटेलिङ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । गिनीजका प्रतिनिधिलाई नेपाल बोलाउने टिकट, होटल खर्च, कार्यक्रममा भोलेन्टीयर्सहरुका लागि खाजा, खाना, यातायात, लागायतका लागि २० लाख बढी खर्च हुने बताइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।