दयाराम पण्डित, बाजुरा
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई दिने प्रोत्साहन भत्ता बाजुराका स्वास्थ्य संस्थामा उधारै रहेको पाइएको छ । भत्ता सँगै आमा र बच्चालाई न्यानो लुगा पनि दिने ब्यवस्था भए पनि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट ३० जना आमाको सुत्केरी प्रोत्सान भत्ता र १८० जना आमाले पाउने न्यानो झोला समेत नपाएको पाइएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा.विजयकुमार शाहले बुढीनन्दा नगरपालिकाले रकम उपलब्ध नगराएकाले उक्त सुत्केरी भत्ता र न्यानो झोला नपाएको बताउनु भएको छ । महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन आउदा १५ सय र नियमित चार पटक गर्भजाँच गराएको ४ सय गरि १९ सय र न्यानो लुगा १ हजार बराबरको दिने ब्यबस्था छ ।
यो बर्ष कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २६२ जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराएको २ लाख ६२ हजार स्वास्थ्य संस्थाले नपाएको डा शाहले बताउनु भएको छ । बाजुरा संगै हुम्ला र मुगुका समेत प्रशुती भएका महिला बच्चा जन्माउन कोल्टी प्राथमिक स्वास्थ्य संस्थामा आउने गरे पछि राज्यले दिएको सेवा नपाएको गुनासो हुम्ला ताँजाकोटकी रमना मल्लले गर्नु भयो ।
मुगुकी खत्याड गाउँपालिका ३ की प्रमिला बुढा, स्वामीकार्तिक ३ जुकोट अप्सरा शाही लगायत ३० जनाले सुत्केरी प्रोत्साहन र न्यानो झोला नपाएको गुनासो गरेका छन । स्थानिय तहले बजेट अभाव भएको भन्दै स्वास्थ्य चौकीहरुमा सुत्केरी भत्ता उपलब्ध नगराए पछि जिल्लाका धेरै सुत्केरी आमा र बच्चा यो सेवा बाट बञ्चित भएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।