वीरबहादुर बम, मुगु
सदरमुकामबाट टाढाका स्थानिय निकाय खत्याड र सोरु गाउँपालिकामा भने औलो र मलेरियाका रोगीको संख्या भने दिन प्रतिनिद बढि रहेको छ । गत महिनादेखि छिट पुट रुपमा मलेरियाका बिरामि बढेपनि अषाढको दोस्रो हप्तामा भने खत्याड गाउँपालिका वडा नं. ८ र ९ रिघा गाउँका एकै पटक १६ जना बिरामी भएका थिए ।
बैशाखको पहिलो साता बाट रिघा गाउँमा बिरामीको रगत परिक्षणबाट मलेरिया औलो देखिएको जिल्ला जन स्वास्थय कार्यालय प्रमुख ज्ञानेश्वर श्रेष्टले बताए । जिल्ला जन स्वास्थय कार्यालयका अनुसार १४ बर्षिया सोबिना उपाध्यय २२ बर्षिया रिता संज्याल १४ बर्षिया बाल्कि संज्याल ५ महिनाका बालक निरज पाञ्डे लगाएतका बिरामीको परिक्षणबाट औलो देखिए पछि उपचार र केही चिकितसक पठाउँदापनि पार नलागेपछि खतयाड गाउँपालिकामा मलेरिया नियन्त्रणकोलागि बिशेषज्ञ चिकित्सक सहितको टोलि बिरामीको स्वास्थय परिक्षण सँगै रोगको अनुसन्धान गरिने गरि चिकित्सक सहितको टोलि पुगेको जिल्ला जनस्वास्वास्थ कार्यालयका सूचना अधिकारी बलिबहादुर बुढा बताउँ छन् ।
रोग प्रभावित क्षेत्रमा रोग नियन्त्रयण महाशाखाका भेकटर कन्टोलर अधिकृत अत्तम राज प्याकुरेल क्षेत्रिय स्वास्थ्य निर्देशनालय श्यामलाल आर्चाय लामखुखुटे बिशेषज्ञ अरुण चौधरी र रोहित शाह लगाएतको टोलि खतयाड गाउँपालिकाको बिभिन्न वडाहरुमा पुगेको छ । बिशेषज्ञ टोलि पुगेपनि आबस्य उपकरण र औषधिको अभावमा बिरामी सन्चो नहुनेमा स्थानिय संसकित देखिएका छन् ।
बिरामीलाइ टाउको दुख्ने, ज्वरो आउँने, वाकवाकी लाग्ने ,बान्ता आउँने, शरीर काप्ने लक्षण रहेको बेला बेलामा स्वास्थय कार्यालयबाट खटिएको उपचार टिमले सन्चो गर्न नसकेको स्थानिय लोकेन्द्र रोकाया बताउँ छन् । खत्यातयाड गाउँपालिकाको रिगा आसपासका गाउँमा गर्मि अत्याधिक हुने र लामखुटेको प्रकोप बढि पर्ने हुँदा सो क्षेत्रमा बर्षेनि औलो र मलेरियाका बिरामी बढने गरेको कुनैमा बढि असर परि कोल्टि बिमानस्थलबाट जहाजमा त कोही सडक यातायातबाट नेपालगञ्ज सम्म उपचार गर्न जाने गरेको स्थानियवासी बताउँ छन् ।
गाउामा पुगेको बिशेषज्ञ टोलिले बिरामिको १ सय बढिको रगत परिक्षणको साथै ास्वास्थय परिक्षण गरेको छ । जस मध्य सय जना बढिमा औलो रोगको लक्षण भेटिएको करिब ७५ प्रतिशत बालबालिकामा मलेरिया देखिएको बिरामी जटिल नभई औषधिको मात्रा पुरयाएर सेवन गरे रोग निको हुने कुरा भेक्टर कन्ट्रोल अधिकृत उत्तम राज पयाकुरेलले बताए ।
बिरामीले नियमित औषधि १४ दिन सम्म सेवन गर्नु पर्ने मलेरिया र औलो सरुवा रोग भएकोले सबैलाई सजग रहन पनि स्थानियलाई बिशेषज्ञ टोलिले जानकारी दिएको छ ।
त्यस्तै सोरु गाउापालिकाका स्वास्थय चौकिमा समेत औषधिको अभाव देखिएको छ स्वास्थ चौकि आउँने बिरामीलाई सामान्य सिटामोल सम्मको औषधि दिएर फर्काउने गरिएको बिशेषज्ञ स्वास्थ सेवाको भने अभाव रहेको कालै स्वास्थ्य चौकिका इन्चार्ज गरी सुरज शाही बताउँ छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।