नेपाल समाचारपत्र, काठमाडौं
वडा सचिवहरुलाई प्रविधि सञ्चालन सम्बन्धि ३० दिने तालिम सम्पन्न भएको छ । एमएस अफिस प्याकेज २०१३ का कार्यक्रमहरुमा वर्ड, एक्सल र पावर प्वाइन्ट इन्स्टल गर्न, सञ्चालन गर्नदेखि सेवा व्यवस्थापनमा आवश्यक पर्ने सूचना प्रविधिको उच्चतम उपयोग गर्ने ज्ञान तथा सीप प्रदान गरिएको तालिमपश्चात् सकेसम्म नागरिकको मोवाइलमा महानगरका सेवा पु¥याउने उद्देश्इले तालिम संचालन गरेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले छोटो समयमा गुणस्तरीय सेवा दिन सक्ने कर्मचारी आजको आवश्यकता भएकाले त्यसैअनुरुप परिवर्तन गर्नुहोस् आग्रह गर्नुभयाने । सेवा व्यवस्थापनको सामयिक सुधारका लागि मानव संशाधन विकास महाशाखाले विषयगत तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बोल्दै तालिम संयोजक एवं मानव संशाधन महाशाखा प्रमुख नमराज ढकालले कर्मचारीलाई समय अनुकुल बनाएर परिवर्तित व्यवस्था अनुकुल बनाउँदै प्रविधि समयको माग भएकोले क्षमता विकासका कार्यक्रममा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
कार्यक्रममा सहभागीकातर्फबाट बोल्दै वडा नं. ७ का सचिव कविता राई र ३१ का सचिव सुरेश साहुले कर्मचारीलाई प्रविधिका आधारभूतदेखि विशिष्ट ज्ञान दिन र ज्ञान प्रयोग गर्ने कार्यालयीय वातावरण तयार गर्न आग्रह गर्नुभयो । प्रविधि र सेवा दुवै परिवर्तनशिल छन् ।
यिनीहरुको विकास र व्यवस्थापनमा अभ्यस्त हुनु पर्छ । यसकालागि सामयिक क्षमता विकासका कार्यक्रम जरुरी छन, उहाँहरुको भनाइ थियो । तालिमको प्राविधिक सहयोगी संस्था एफ टेकका विजय सत्यालले काठमाडौंलाई स्मार्ट सिटीका रुपमा विकास गर्न डिजिटल लिटिरेसी आवश्यक रहेकोले सो कामको शुरुवात कर्मचारीबाट हुनु सुखद पक्ष भएको बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।