थुतेन लामा, मनाङ
सम्झौता सकिँदा पनि बेसिसहर चामे सडकमा पुल बन्न सकेको छनै । खोलामा पुल वनाउने जिम्मा लिएको क्यारवाहन कन्सलटेन्सीले समयमा काम नगर्दा स्थानियवासी लगाएत आन्तरीक तथा वाहिय पर्यटकहरु मर्कामा परेका छन् । दिनहु मनाङ जाने आउने सवारीसाधन खोलामा अलपत्र परेर वस्नु परेको छ ।
यस सडक खन्डमा पर्ने म्यार्दि खोला, तिमाङ खोला, पिसाङ खोला र तिल्चेगाउँ जाने दुधखोलामा मोटरेबल पुल निर्माण गर्ने जिम्मा लिएको क्यारवाहन कम्पनीले २०७५ असार मसान्तसम्ममा लमजुङ र मनाङ जोड्ने म्यार्दि खोलामा वेलिब्रीज निर्माणका लागि सडक डिभिजन कार्यलय दमौलीसँग दुई करोड २१ लाखमा सम्झौता गरेको थियो ।
सडक डिभिजन कार्यलय तनहँुका अनुसार असार मसान्तसम्म मनाङ लमजुङ जोड्ने पुल निर्माण गरी सवारीसाधन सन्चालनमा ल्याउने उद्देश्य राखे तापनि समयमा निर्मण गर्न सकेको छैन । एउटा मात्र मोटर बाटो त्यसमा पनि खोलाले छेक्ने भएपछि मनाङ आवतआवत जावतमा कठिनाइ भएको स्थनीय शेरबहादुर बिश्वकर्माले बताए ।
उता मनाङ रोडमा बर्षैपिच्छे यस्तो समस्या आइरहने भएकोले सवारी चालकहरु जोखिम मोल्न बाध्या छन् । उक्त कम्पनीले समयमा काम नगर्दा स्गानीयवासी जोखीम मोल्न बाध्य भएका छन् । सवारी चालक सन्तवहादुर गुरुङका अनुसार बर्खाको समयमा व्यापर व्यवसाय ठप्प हुने अवस्थामा पुगेको छ ।
समयमा पुल नबन्द विरामी पनि जोखीम मोल्न बिवस भएका छन् । उता ठेकेदार कम्पनीले भने भौगोलीक विकटताका कारण समयमा काम गर्न नसकेको बताएको छ । ठेकेदार कम्पनीका इन्जीनीयर सुसिल नकर्मीका अनुसार हिउँदमा बढी चिसो हुने र बर्खामा झरी, बाढि पहीरोको कारण काम समयमा सम्पन्न नभएको वताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।