विगतका दिनमा नेपाली चलचित्र त हेर्न परे जाओस, नेपाली टिभि च्यानल सम्म पनि दर्शकहरु हेर्न रुचाउदैन थिए। यसमा दर्शकको दोष या सिरियल अथवा रियालिटी शो बनाउने या देखाउने टिभिको दोष? यसै आंकलन लगाउन भने सकिदैन तर आजभोली हेर्ने हो भने नेपाली टिभिका प्रोग्राम धेरै रुचाइएका छन्। किनभने अन्तरराष्ट्रिय फ़्रेञ्चाइज शो भित्रिने क्रम बढ्दो छ।
नेपालमा टिभि च्यानल पनि हरेक वर्ष १-२ वटाको दरले बढ्दै गए तर गुणस्तरिय कार्यक्रम भने कसैले ल्याउने भने सकेनन। कि समाचार कि हास्य टेलिशृंखला मात्रै देखाएरै सिमित भए र अझै पनि टिक्न सफल भैरहेका छन्। पछिल्लो पल्ट नेपालमा एक मात्र डिजिटल एच.डि. भित्रिएको छ, त्यो हो AP1HD । AP1HD ले क्वालिटी युक्त च्यानल भित्र्याउने संगै गुणस्तरिय कार्यक्रम पनि भित्र्याएको छ। त्यसको ज्वलन्त उदाहरणको एक मात्र बिदेशी फ़्रेञ्चाइज रियालिटी शो ‘नेपाल आइडल (Nepal Idol)’ । सुरुका दिन देखि नै देश विदेशमा चर्चा परिचर्चा कमाउदै आएको शो पनि अब अन्त्य अन्त्यमा छ।
लाग्थ्यो अब नेपाल आइडल सकिए पछि AP1HD च्यानल हेर्नेको संख्या घट्ने भयो भनेर। तर नेपाल आइडल सकिए लगत्तै AP1HD ले फेरी अर्को अन्तरराष्ट्रिय फ़्रेञ्चाइज रियालिटी शो ल्याइसकेको छ। त्यो हो ‘Boogie Woogie (बुगी-वुगी)’। सोनी इन्टरटेनमेन्ट र सोनी इन्टरटेनमेन्ट एसियाको लागि नावेद जाफरी र रवि बेलले निर्माण गरेका भारतीय नृत्य प्रतियोगिता ‘Boogie Woogie (बुगी-वुगी)’ पनि फ़्रेञ्चाइज शो को रुपमा नेपालमा पनि भित्रिने पक्का भएको छ त्यो पनि मात्र AP1HD टेलिभिजनमा।
‘Boogie Woogie (बुगी-वुगी)’ को प्रोमो क्लिप
त्यस्तै गरि अर्को रियालिटी फ़्रेञ्चाइज शो हो ‘MTV ROADIES’, जुन नेपालको हिमालय टेलिभिजनमा ‘हिमालय रोडिज’ को नाममा सुरु भइसकेको छ। यिनै विदेशी प्रख्यात सिरिज नेपाली टेलिभिजनमा आएकै भरमा नेपालको टिभि च्यानलको गुणस्तर धेरै माथि पुगेको छ र दर्शकहरुले रुचाइ पनि रहेका छन्।
हिमालय रोडिज को प्रोमो क्लिप