संवाददाता,
३ भदौ दाङ । घोराही उप–महानगरपालिका दाङको प्रथम नगर सभा आज घोराहीमा सम्पन्न भएको छ । घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ०७४÷७५ निति तथा सार्वजानिक गरेको छ । आर्थिक वर्ष ०७४÷७५ वाट सुरु घोराही उप–महानगरपालिकाका लाई स्मार्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य सहित अन्र्तराष्ट्रिय विमानस्थलका वनाउने योजना सम्म सार्वजान्निक गरेको छ । नगर प्रमुख चौधरीले निति तथा कार्यक्रम सार्वजानिक गर्दै घोराही क्षेत्रमा अन्र्तराष्ट्रिय विमानस्थल सहित , घरवार विहिन परिवारहरु लाई अर्पामेन्ट भवन निर्माण सम्मका योजनाहरु सार्वजानिक गरेका छन । नगर प्रमुख चौधरीले महत्वाकाँक्षी योजनाहरु सार्वजानिक गर्दै आगामी ५ वर्ष भित्र सार्वजानिक गरिएका योजना सम्पन्न गर्ने लक्ष्यका साथ कार्यन्वयनमा तिव्रता दिने वताएका छन । घोराही उप–महानगरपाकिला लाई स्मार्ट सिटीका रुपमा विकास गर्ने , घोराहीमा आगामी ५ वर्ष भित्र अन्र्तराष्ट्रिय विमान स्थलका निर्माण गरिने , उप–महानगरिय वाहिरी चक्रपथ निर्माण गर्ने , सिचाई र खानेपानीका लागि उपल्लो जलाधार क्षेत्रका सम्भाव्यता खोलाहरुमा उच्च्वाँध निर्माण गर्ने , घोराहीको उप–महानगरपालिका वडा न. ३ र ५ लाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने ,घरवार विहिन परिवारहरु लाई अपार्टमेन्ट भवन निर्माण गरी उचित वसोवासको व्यावस्था गरिने , दाङको जेष्ठो क्याम्पस प्राविधिक शिक्षालयका रुपमा विकास गरिने , रामपुर क्याम्पसमा कृर्षि ,पशु , र स्वास्थ्य अध्यापनका रुपमा विकास गरिने , साथै राप्ती उप–क्षेत्रिय अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरी आधुनिक सुविधायुक्त स्वास्थ्य सेवाको विकास गरिने छ ।
कृर्षियोग्य जमिनको उचित व्यावस्थापन गर्दै कृर्षि प्रविधिका सुधार गरिने छ । घोराही उप–महानगरपालिका क्षेत्र भित्रमा रहेका धारपानी , अम्वीकेश्वरी , वाह्रकुने दह , ज्यामिरे दह , चरिङगे दह , पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने छ । नगर प्रमुख चौधरीले अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि आगामी ५ वर्ष भित्र सम्भाव्यता अध्ययन गरी कार्यन्वयन लाई तिव्रता दिने , घोराही उप–महानगर्पालिका १९ वटै वडाहरुमा नगरपालिका संग कालोपत्रे गरि जोडीने वताएका छन । घोराही उप–महानगरपालिका भित्रमा राजधानी सुहाउदो सडक , भवन , आवास क्षेत्र , औद्योगिक क्षेत्र , व्यापाकिर क्षेत्र , खेल मैदान सभागहृ चिडियाखाना , निर्माणका लागि गुरु योजना निर्माण गरी कार्यन्वयन गरिने छ । साथै खानेपानीका मुहानहरु वर्षेनी सुक्दै गईरहेका खानेपानीको मुहान विकास र वृक्षारोपण लाई प्रथामिक्ताका साथ कार्यन्वयन गरिने उनले वताए । घोराही उप–महानगरपालिका सम्भाव्यताको हिसाव प्रादेशिक राजधानीको उचित संम्भावना वोकेको क्षेत्र रहेकाले रहेकाले यहाँको विकास लागि तिव्रताका साथ काम गरिने उनले वताए । उनले राष्ट्रिय गौरवको योजनाका रुपमा अघि सारिएको अन्र्तराष्ट्रिय विमान स्थल महत्वपुर्ण योजनाका रुपमा अघि सारी निर्माण स्थलको सम्भाव्यता तत्काल सुरु गरिने उनले वताए । त्यस्तै खानेपानी तथ सिचाईका लागि ‘एक वडा एक पोखरी ’को अवधारणा निर्माण गरी खानेपानी तथा सिचाईका प्रत्येक वडा आत्मनिर्भर वनाईने छ । साथै परम्परागत खेती प्रणाली लाई सुधार गरी कृर्षि यान्त्रिकरणको विकास गर्दै कृर्षि क्षेत्र लाई आधुनिकरण तर्फ उन्मुख गराईदने छ । लगाएतका योजना समेटिएको छ ।