बलीउडका अभिनेता अक्षय कुमार र भूमि पेडनेकरको फिल्म ‘ट्वाइटेल एक प्रेम कथा’ले अहिले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । यो फिल्म भारतसँगै विदेशमा पनि उतिक्कै धेरै टिकट विक्रि भएको छ । भारतीय मिडियामा आएको खबर अनुसार, फिल्मले विश्वभरबाट दुईसय करोडको विजनेश गरेको छ । यो फिल्मले भारतबाट मात्र हालसम्ममा १ सय २० करोडको विजनेश गरेको छ ।
यो फिल्म प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमा बनेको हो । ‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् । अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा र पटकथा सिद्धार्थ-गरिमाले लेखेका हुन् ।