वर्षायामको अन्त्यसंगै पश्चिम दाङमा डेंगु रोगका बिरामीहरु फेला परेको छन् । बिरामीहरुलाई तुलसीपुरस्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । उपचारको क्रममा ल्याब टेस्ट गर्दा उनीहरुलाई डेंगु रोग देखापरेको अस्पतालका एमडी डा.सुवोधकुमार शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
अस्पतालकै एबिबीस एमडी डा.साहिल भुसालका अनुसार मौसम परिवर्तन र लामखुट्टेको टोकाई तथा पानीका कारण यो रोग लाग्ने जानकारी दिए । यस जिल्लामै यस अघि १३ जना डेंगु रोगका बिरामीहरु फेला परेका थिए ।