१० भदौ,काभ्रेपलाञ्चोक – अज्ञात व्यक्तिको आक्रमणमा परेका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ ।
गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो । आक्रमणबाट गम्भीर घाइते हुनुभएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।
गत आइतबार बेहोस अवस्थामा फेला परेका कोइरालाको उपचार ५ दिनअघिदेखि नर्भिकमा भइरहेको थियो । उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला पर्नुभएको थियो ।
नेकपा एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमासमेत हुनुहुन्छ ।