
नवलपरासी।
नेपालको पर्यटकीय क्षेत्रमा पछिल्ला केही वर्षयता थपिएको आकर्षण हो डल्फिन । ठूला नदी काेशी र कर्णालीमा देखिने गरेका डल्फिन विगत ५ वर्ष यता नारायणी नदीमा पनि देखिँदै आएको छ ।
सुरुका दिनमा सीमावर्ती गण्डक ब्यारेजदेखि केही उत्तर भेलाैजीमा पहिलाे पटक डल्फिन देखा परेको तियो ।
सन २०१६ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको अध्ययनले डल्फिनको संख्या कर्णालीमा ४३ र काेशी नदीमा ९ देखाई रहँदा नारायणीमा याे सख्या शून्य तियो ।
नारायणी नदीमा डल्फिनको संख्या यस अघि रेकर्ड नभए पनि २०२३ काे घडियाल गणनामा ३ वटा डल्फिन भेटिएकाे चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकारी गणेश तिवारीले बताए ।
स्थानीय टाइगर टप्स थारू भिलेज रिसाेर्ट व्यवस्थापक आशिष गुरूङ्गका अनुसार गत वर्ष भलाैजी देखि झण्डै २० किलाे मिटर माथि अमल टारी घाट वरपर डल्फिन देखिएका थिए ।
यस वर्ष नारायणी नदीकाे दक्षिणी भङ्गालाेमा जलपंक्षि गणनामा निस्केको टोलीले अघिल्लो साता अमल टारी देखि निकै उत्तरमा डल्फिन भेटिएको तियो ।
टाेली प्रमुख एवं टाईगर टप्स कर्णाली लजका प्रवन्धक भागिरथ चाैधरीले नारायणगढ बजार देखि करिव १८ किमी नजिक सिसवार घाटमा डल्लिफन देखा परेको बताए।
हिजो आज नारायणी नदिकाे गाेलाघाट,अमल टारी,भूताहा, सेहरी तथा भेलाैजी क्षेत्रमा डल्फिन देखा परि रहेका छन् ।
सफा पानीमा देखिने डल्फिन नारायणी नदीमा क्रमश माथि सर्दै पुरानै बासमा फर्किएको एसियन जलपंक्षि गणना २०२४ चितवन पश्चिम सेक्टर संयाेजक डिबी चाैधरी बताउँछन् । चाैधरीका अनुसार पहिला पहिला देवघाट सम्म देखिने डल्फिन नदी प्रदुषण, नदीमा बढ्दाे मानवीय गतिविधि, गण्डक बाँधको अवरोध जस्ता कारणले नदेखिएको हो ।
वर्षाको भेलमा बग्दै गएका डल्फिन माथि आउन गण्डक बाँध बाधकहुदा नारायणीमा डल्फिन धेरै समय हराएकाे स्थानीयहरू बताउँछन् । हाल नारायणी नदीकाे ठाउँ ठाउँमा डल्फिन देखिनुले यस्काे संख्यामा बृद्धि आएको आकलन गरिएकाे छ ।जस्ले संरक्षणकर्मी, पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएकाे छ ।डल्फिन, घडियाल तथा नदी आश्रित चराहरूकाे विचरणलाई जोगाइ राख्न जलाधार क्षेत्रको संरक्षण गर्दै नदी प्रदूषणलाई रोक्नु अत्यावश्यक देखिन्छ ।
डल्फिनहरू सबै प्रकारका ध्वनि तरङ्गलाई बुझेर खेल्ने, नजिकिने सामाजिक स्वभावका हुने जानकारहरू बताउँछन् ।
गत पुसमा वन्यजन्तु तथा जलचरकाे बासस्थान अध्ययनका लागि स्थानीय नन्द भाउजू मध्यवर्ती उपभोक्ता समिति त्रिवेणी सम्मकाे जलयात्रामा निस्केको तियो ।
सोही क्रममा भिम्बाद स्थित नारायणी नदीमा लजिस्टिक सहितकाे काठे डुङ्गालाई डल्फिनले पछ्याएको यात्रामा सहभागी पत्रकार सागर पोख्रेलले बताए ।
हिउँद याममा नारायणी नदीमा डल्फिन देखिने क्रम बढेसंगै चखेवा, जलेवा, बैकाल जस्ता आगन्तुक चराकाे रोमाञ्चक उपस्थितिले नदी छेउछाउ पर्यटकीय गतिविधि बढेको बताइन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।