१३ भदौ , बुटवल – सवारी चालक अनुमति पत्र लाइसेन्स बिना ई रिक्सा हाँकने १ सय ३५ ई रिक्साहरुलाई पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । बढ़दो संख्यामा सञ्चालनमा रहेका ई रिक्सालाई ट्राफिक प्रहरीले आइतबार साँझ बुटवलका का विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चालकहरूलाई सोमबार दिनभर प्रशिक्षण दिएपछि साँझ मात्र प्रहरीले छाडेको छ। बारम्बार लाइसेन्सविना नै ई रिक्सा चलाएको भन्दै ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले लाईसेन्स लिएर मात्र ई रिक्सा दिने र लाईसेन्स विना अब नचलाउने सर्तमा ई रिक्साहरूलाई छाडिएको प्रहरीले बताएको छ ।
मुख्य राजमार्गमा सञ्चालन नभए पनि भित्री सडकमा ई रिक्सा सवालन हुने गर्दछ । नगर क्षेत्रभित्र आवश्यकभन्दा बढी ई रिक्सा हुँदा दुर्घटनाको समेत जोखिम भएको भन्दै प्रहरीले ई रिक्सा व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले गम्भीर रूपमा ध्यान दिनुपर्ने बताएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी कृष्णाहरी शर्माले विनालाइसेन्स र मुख्य राजमार्गमा सञ्चालन हुने ई रिक्साहरूलाई कारबाही बारम्बार गरिए पनि समस्याको समाधान नभएको भन्दै अब ई रिक्सा व्यवस्थापनको विकल्प नभएको बताए ।
यो खबर आजको दैनिक पत्रमा छ ।