लामो व छोटो जस्तोसुकै यात्रामा निस्कँदा पनि सवारी चालकले सामान्य कुरामा ध्यान नपुर्याउँदा कहिलेकाहीँ पुरै यात्रा खल्लो पनि हुनसक्छ। विशेषगरी सिकारु तथा भर्खर लाइसेन्स प्राप्त चालकले यस्ता विषयमा ख्याल गर्नुपर्छ।
सबारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट् छ, छैन परीक्षण गर्नुपर्छ ।
इन्जिन स्टार्ट गरेपछि कम्तीमा पनि पाँच मिनेटजति त्यत्तिकै छाडिदिनुपर्छ। जसले गर्दा इन्जिनका सम्पुर्ण पार्टमा इन्जिन ओयल पुगी इन्जीनको आयु बढाउन सघाउ पुग्छ।
सवारी चलाउनुपूर्व सिट मिलेको छ/छैन हेर्नु पर्छ। लुकिङ ग्लास सफा गरी स्पष्ट देखिने गरी मिलाएर सिटबेल्ट बांध्न भुल्नु हुँदैन।
गाडी चलाउँदा सडकमा राखिएका विभिन्न ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिनुपर्छ। विशेषगरी नयाँ चालक यस्ता चिन्ह प्रति सजग हुनैपर्छ।
सवारी चलाउन पार्किंग या गेटबाट बाहिर निकाल्दा होसियार भई सके सम्म अन्य व्यक्तिलाई पनि हेर्न लगाउनुपर्छ। यदि एक्लै हुनुहुन्छ भने विस्तारै अगाडि राम्रोसँग हेरेर दायाँबायाँ लुकिङ ग्लासमा पनि ध्यान दिनुपर्छ।
मोडमा सवारी चलाउनु पर्दा जता मोड्नु पर्ने हो, त्यसको विपरीत दिशातिर केही च्यापि सकेपछि मात्रै मोड्नुपर्छ। मोड्दा पनि जतातिर मोडने हो, त्यतैको लूकिङ ग्लास हेरेर मात्र स्टेरिङ घुमाउनुपर्छ। त्यस्तो बेला अन्य सवारीले ओभरटेक गर्दै छ भने दुर्घटना पनि हुनसक्छ।
सडकमा सवारी चलाउँदा दुई वटा गाडी बीच निश्चित दूरी कायम राख्नुपर्छ। सामान्यतया यस्तो ग्याप २ सेकेण्डमा पार गर्ने दुरी बराबर राख्दा राम्रो हुन्छ। त्यस्तै अगाडीको सवारी को पछाडी को टायर देखिनेगरी दूरी कायम गर्नु राम्रो हुन्छ। गाडीको गति जति बढी छ दुरी पनि त्यतिनै बढी गर्नु राम्रो हुन्छ।
सवारी पनि स्थानअनुसार फरक तरिकाले रोकेर राख्नुपर्ने हुन्छ। पार्किङ गर्दा उकालो भएमा अगाडिको गेयर तथा ओरालो भएमा ब्याक गियरमा राख्न भुल्नु हुँदैन। आवश्यकता अनुसार ओत राख्ने तथा समतलमा पनि ह्यान्ड ब्रेक लगाउन भुल्नु हुँदैन।
अन्य सवारीलाई साइड दिँदा दायातर्फ साइडलाइट बाल्ने प्रचलन छ। त्यो गलत हो। जहिले पनि साइडलाईट दिदाँ देब्रेतिरको साइडलाइट बाल्ने र सँगसँगै हातले इशारा गर्दा राम्रो हुन्छ। साइड दिदाँ स्पीड कम गर्दै लुकिंग ग्लास हेरेर बायाँ साइड च्याप्न भुल्नु हुँदैन।
सवारी चलाएर रोक्दा एक्सिलेटर थिचेर घ्यारघ्यार गर्दा ब्याट्री चार्ज हुन्छ भन्ने विश्वास छ। यो राम्रो होइन। यसको सट्टा स्टार्ट गरेर केही समय गर्दा उत्तम हुन्छ।
प्रत्येक तीन सकेन्ड रूम मिरर हेर्नुपर्छ भन्ने मान्यता छ। यस्तो बानी कायम गर्दा पछाडीको सवारीको गतिविधि थाहा पाउन सजिलो हुन्छ।
प्रेम अधिकारी
सञ्चालक
सूर्य विनायक
ड्राइभिङ ट्रेनिङ सेन्टर बुटवल