१३ भदौ ,भारत – ब्लू व्हेल गेमको कारण भइरहेको आत्महत्याको सिलसिला रोकिएको छैन । उत्तर प्रदेशको हमीरपुर जिल्लामा १३ बर्षियको एक बालकले आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरेका छन् । त्यहाँदेखी आएको जानकारी अनुसार बालकले मोबाइलमा ब्लू व्हेल गेम खेली रहेका थिए । पुलिसले अहिलेको पुरा घटनालाई अनुसन्धान गरिरहेको छन् । पुलिसको अनुसार , हमीरपुरको मौदहा कस्बेको मराठीपुरामा बसने विक्रम सिंहको एकमात्र छोरा ७ कक्षामा पढ्ने गर्थे ।आइतबार राती उनले आफ्नो बुवाको मोबाइलमा ब्लू व्हेल गेम खेली रहेका थिए । त्यो संगसंगै उनी अचानक आफ्नो कोठामा गए र बेडको माथि कुर्सी राखेर पंखामा झुन्दिए ।
केहि बेरपछि घरवालोंहरुले त्यो बच्चालाई आवाज बोलाए , तर केहि जवाब आएन अनि उसका बुवा विक्रम छोराको कोठामा गए । त्यहाँ आफ्नो बच्चा पंखामा झुन्डिएको देखेर एकछिन अचम्म चर्कित भए । आवाज सुनेर बच्चाको आमा र कॉलोनीका अरु मान्छेहरु पनि त्यहाँ पुगे । विक्रम सिंहले भने कि धेरै दिन अगाडी देखि छोराले मोबाइलमा गेम खेली रहेका थिए । उसलाई धेरै पटक सम्जाए र गाली गरे । त्यस पछि छोराले लुकी-लुकी गेम खेल्न लग्यो । उसलाई आफ्नो साथीको बर्थडे पार्टीमा जान थियो । बिहान देखी ऊ त्यहाँ जानको लागि तयारी गरिरहेको थियो । उसको आमाले उसैको लागि मिठाई बनाइरहेकी थिईन , तर त्यो भन्दा पहिलै छोराले आत्महत्या गरिसकेको रहेछ ।
हाल अनुसन्धान गरिरहेका इंस्पेक्टर प्रमेंद्र सिंहका अनुसार , फोन बरामद भइसकेको छ र अहिले मृत्युको पछाडी गेम खेलने कुरा अगाडी आएको छ । थप अनुसन्धान भइरहेको सिंहले भने । तर , बच्चाको शरीरमा कुनै पनि निशाना नरहेको छ ।