उदयपुर ।
स्थानीयले उत्पादन गरेका कृषि उपज बिक्री गर्ने स्थान नहुँदा समस्या भोग्दै आएका उदयपुरको उदयपुरगढी ७ हाडेबासका कृषकहरुले गाउँमै कृषि उपज खरिद बिक्री गर्न पाउने भएका छन् ।
कोशी प्रदेश सरकारले हाडेबासमा कृषि बजार निर्माण गरेपछि त्यस क्षेत्रका स्थानीयहरुले गाउँमै कृषि उपज खरिद बिक्री गर्न पाउने भएका हुन ।
शहरी विकास तथा भवन कार्यालय मोरङले करिब ५० लाखको लागतमा कृषि बजार निर्माण सम्पन्न गरेको कृषि बजारमा ८ वटा टहराहरु निर्माण गरिएको छ ।
कृषि बजारको आज एक समारोहबिच कोशी प्रदेशका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री नारायण बहादुर मगरले उद्घाटन गरेका छन् ।
स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहज रुपमा सुपथ मूल्यमा उपभोक्ताको भान्सामा पु¥याउने उद्देश्यले प्रदेश सरकारले कृषि बजार निर्माणमा लगानी गरेको मन्त्री मगरले बताए ।
विगतमा साप्ताहिक बजार लाग्ने गरेको भए पनि सशस्त्र द्धन्दको बेला बन्द भएको उक्त कृषि बजारमा साप्ताहिक रुपमा हटिया लगाउने तयारी रहेको वडाध्यक्ष भुवन मगरले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।