टंक सुनार
रुपन्देही,भदौ १७ । देवदह प्रहरीले विभिन्न स्थानबाट बदामद घरेलु मदिरा नष्ट गरेको छ । शुक्रबार पत्रकारहरुको रोहबरमा करीब २ सय लिटर घरेलु मदिरा नष्ट गरीएको हो ।
सुराकीको आधारमा होटलहरुमा छापा मार्दा सो परीमाणको मदिरा बरामद भएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनु भयो । पछिल्लो समय घरेलु मदिरा सेवन गरी झै झगडा गर्ने क्रम वढेपछि प्रहरीले बिषेश निगरानी राखेको छ ।