चर्चाको साथसाथै विवादमा पनि एक नम्बरमा नै पर्न सफल भएको छ नेपाल आइडल। एकदिन होइन, दुइ दिन होइन, दिनदिनै नेपाल आइडलको कुरा/विवाद सामाजिक संजालमा यत्रतत्र हुने गरेको छ। प्रत्येक एपिसोडमा केहि न केहि चित्त नबुझेको कुरा दर्शकहरुले सामाजिक संजालमा पोखेको पाइन्छ। अब यो घडिमा आएर नेपाल आइडलको निर्णय सहि या दर्शकको गुनासो ? सुन्ने को र त्यसलाई प्रयोगमा ल्याउने को? प्रयोगमा ल्याउने मिल्ने हो कि होइन त्यो पनि हाम्रो दर्शकलाइ अझै पनि थाहा छैन।
नेपाल आइडल एउटा विदेशी आइडल फ़्रेञ्चाइज हो र यसको नियम र फर्म्याटमा बसेर मात्र यस शो लाइ अघि बढाउन पाइन्छ, आफ्नो मन परि यो शो मा केहि पनि गर्न पाइदैन। हिजोको एलिमिनेसन राउण्ड भनेर नाम दिइए पनि त्यो एपिसोडमा भने कोहि पनि आउट भने भएनन्, के हो ठिक थियो या थिएन? त्यो त नेपाल आइडलका डाइरेक्टर, प्रोजेक्ट हेड अथवा जजलाइ नै थाहा होला।
तर आज एक व्यक्ति नेपाल आइडल कै प्रोजेक्ट हेड सँग नै खनिए, आखिर के चित्त बुझेन र सोझै सुरेश पौडेललाइ नै फेसबुकमा ट्याग गरेर यो भन्नु पर्ने?
तलको शब्द सुखदेव यसमाली मगरले लेख्नु भएको जस्ताको तस्तै:
सुरेश जी,
के बिजोक हो यो?
तपाईंद्वार निर्देशित बहुचर्चित र बहुप्रतिस्ठित International Franchise Reality Show Nepal Idol (प्रथम सस्करण)का प्रतियोगिहरु प्रतिभाशाली छन यसमा दुईमत छैन (Top 4 सम्म आइपुग्दा)।
यद्द्यपी गीतको जिवन्तता, गायन अवधिमा गीतको मर्म, आवश्यकता अनुसारको गमक, कण, मिड सहभागिले देखाउन नसक्नु आफ्नो ठाउमा होला । तर गायन प्रस्तुतकर्ताले Original गीतमा भएको मुल शब्द नै बिर्सेर प्रस्तुती दिदा तपाईको निर्देशनमा अघि बढी रहेको यति ओजनदार कार्यक्रमको स्तर कति खस्किन पुगेको ।
जो कोहि गीत र सङ्गीतको सामान्य पारखीले पनि अन्दाज गर्न सक्छ ।
यहि हो तपाईको Team ले Nationwidely खोजेको Talent?
म निर्धक्क भन्न सक्छु निश्पक्ष खोजी भएन! खोजियो तर
भेटाए पनि बीचमै रोकियो अर्थात Intentionally धेरै नै बहुप्रतिभाशाली Idol हरुलाई बिदा गर्यो ।
देशब्यापी रुपमा ५० हजार भन्दा बढी बाट काठमाडौमा १३५ लाई ल्याईयो ।
१३५ जना मध्ये बाट कति Seriously & Intelligently १८ जना छानियो । यसमा Fair Selection नभएको पुष्टि हुन्छ।
हो, यसैको परिणाम हो अहिलेको भद्रगोल ।
तपाईलाई चित्त बुझेको छ भने मेरो अरु गुनासो छैन; भैगो ।
शुभकामना।