भाद्र १८, सुनवल ।
प्रभातिय काब्य यात्राको १० औं पाईला सुनवलमा रहेको सोमनाथ बाबा उच्च माविमा सम्पन्न भएको छ । हरेक महिनाको तेश्रो शनिबार आयोजना हुदै आएको प्रभातिय काब्य यात्राको १० औ पाईला साहित्यकार दिपक बरालको संयोजकत्व र सुनवल नगरपालिका भित्रका संथागत विद्यालयहरुको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रममा परासी क्षेत्रका साहित्यकार तथा संस्थागत विद्यालयका शिक्षक , विद्यार्थीहरु लयायत साहित्यीक ब्यक्तित्वहरुको सहभाििगता रहको थियो । कार्यक्रममा सवैले आआफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार डा. श्याम प्रसाद न्यौपाने , उत्तम धोज केशी, रामहरी अधिकारी, तिलक भट्टराई अञ्जान, कृष्ण पौडेल समर्पण,प्याब्सन नवलपरासी क्षेत्रनम्बर ४ र क्षेत्रनम्बर ५ का समन्वय समिति अध्यक्ष राम प्रसाद पाण्डे ,प्याब्सन नवलपरासी क्षेत्र नम्बर ५ का अध्यक्ष सुवर्ण न्यौपाने , प्याब्सनका केन्द्रिय सदस्य यम बहादुर थापा , लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सुनवल नगरपालिका भित्रका संस्थागत विद्यालयको तर्फबाट प्रभासितय काब्य यात्राका सहयात्रीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमको संचालन साहित्यकार दिपक बरालले गर्नुभएको थियो ।काब्य यात्राको ११ औ पाईला असोज महिनाको तेश्रो शनिबार २१ गते भुमहीको ज्ञानज्योती एकेडेमीमा हुनेछ । काब्य यात्राको दौतरी एफ एम १०५.८ मेगाहर्ज संचार सहयात्रीको रुपमा रहेको छ ।