१९ भदौ ,काठमाडौ – काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर बा १७ च ६४२७ नम्बरको गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।
बरामद भएको सुन नेपालको इतिहासमै सबैभन्दा बढी हो । एक प्रहरी उच्च अधिकारीका अनुसार यो सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।