बाजुरा।
हिमाली गाउँपालिका वडा नम्बर ५ रिठ्ठा बस्ने आपसरी बुढथापाको भिरबाट लडेर मृत्यु भएको छ। बुधवार बिहान घरबाट घाँस काट्न गएकी ४१ वर्षीय आपसरा बुढथापाको १० बजे तिर बालभिटा भिरबाट लडेर मृत्यु भएका स्थानीय लंक कार्कीले बताए । मृतक बुढथापा भीरबाट करिब २ सय मिटर तल खसेको उनका आफन्तले बताए । उनको घरमा श्रीमान् १ छोरा र २ छोरीसहित ४ जना परिवार रहेको आफन्तले बताए ।
मृतकको पोस्टमार्टमका लागि हिमाली गाउँ पालिकाको सहयोगमा एम्बुलेन्सबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । उनको आजै पोस्टमार्टम गरिने अस्पताल श्रोतले जनाएको छ ।
गाईबस्तुको लागि घाँसपात र दाउरा लिन अग्ला भीरपाखा र ढिस्कामा चढ्ने र भिडे , खर्सु र बाँज लगायतका अग्ला रुखचढ्ने गर्छन । सुख्खा मौसममा मेलापात गर्दा हात खुट्टा चिप्लिएर दुर्घटना बढी हुन्छन् । भीरबाटो हिड्दा सावधानी अपनाउनुपर्ने स्थानीय बृर्खराज पाण्डेले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।