सम्बाददाता
भदौ १९ नवलपरासी । नवलपरासी जिल्ला भित्रका जिल्ला अड्डा अदालतहरुमा लेखापढी गर्न पाउने प्रमाणपत्र लिन इच्छुक ब्यक्तिहरुका लागि जिल्ला अदालत परासीले दरखास्त अह्वान गरेको छ । कम्तिमा एस एल सी वा सो सरहको परिक्षा उर्तिण गरी लेखापढी सम्बन्धि तालिम प्राप्त गरेका नेपाली नागरिकले भदौ मसान्तभित्र शैक्षिक योग्यता एवम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी साथमा राखी रित पुर्बकको दरखास्त दिन जिल्ला अदालत परासीले अग्रह गरेको छ । रित नपुगेको र म्याद नाघेको दरखास्त उपर कुनै कारबाही नहुने पनि जनाएको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]