ओखलढुङ्गा ।
नेकपा एमाले ओखलढुङ्गाका पूर्वजिल्ला अध्यक्ष शङ्कर कटवालले पार्टी छाडेका छन्। जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन्।
पार्टीबाट राजीनामा दिँदै उनले भनेका छन्- ‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखियो। जुन खालका अरोप-प्रत्यारोपको होड बाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिक कर्मीको भविष्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पढाइ सकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु।’
बुधबार सकिएको एमाले ओखलढुङ्गाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो। उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।