२५ भदौ , काठमाडौँ – असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचारप्रसारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेता तथा मन्त्रीहरु मधेस जाने भएका छन् ।
देउवासहितका नेताहरु भदौ २७ देखि ३० गतेसम्म मधेसका विभिन्न जिल्लाहरुमा आयोजित चुनावी सभाहरुमा सहभागि हुनेछन् ।
कांग्रेस प्रचारप्रसार समितिका अनुसार भदौ २७ गते सप्तरीको राजविराज र सिरहाको जिरो माइलमा आमसभाको आयोजना गरिएको छ ।
यस्तै भदौ २८ गते धनुषाको जनकपुर र महोत्तरीको बर्दिवास , २९ गते, सर्लाहीको मलंगवाम र रौतहटको गौर तथा भाद्र ३० गते वाराको कलैया र पर्साको विरगंजमा आमसभाको आयोजना गरिएको छ ।