भाद्र २६, सुनवल । सुनवल नगरपालिकाको प्रथम नगर सभा चालु आ. व. ०७४ ÷०७५ को लागि ७२ करोड ४७ लाख ७२ हजार १ सय ७० को बजेट पास गर्दै आज सम्पन्न भयो । नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्ष्तामा सम्पन्न सभामा नगरपालिकाको चालु आ. व. को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले सुनवललाई आगामी दिनमा दिगो र समावेशी विकास , ज्ञान र क्षमताको अभिबृद्धी, प्रकृतिमय सुनवल, महिला बालबालिका, बृद्ध र सिमान्तकृत बर्गको उत्थान, उर्जाशिल युवा, स्थानीय जिवन्त अर्थ व्यबस्था, फस्ट कम फस्ट सर्भिस निति र शुसाशन, पारदर्शिता सहितको स्र्माट सिटि निर्माण गर्ने बताउनु भयो ।
सभामा उप प्रमुख दधिराम अर्यालले नगरपालिकाको बजेट बक्तव्य प्रस्तुत गर्दै चालु खर्च तर्फ सामाजिक सुरक्षा सहित रु. १८ करोड २८ लाख २७ हजार ५ सय र पुँजिगत खर्च तर्फ सबै क्षेत्रमा ५४ करोड १९ लाख ४४ हजार ६ सय ७० बराबरको बार्षिक बजेट प्रस्तुत गर्नु भयो । सभाले बिभिन्न निर्णय गर्नुका साथै आर्थिक बिधेयक र बिनियोजन बिधेयक २०७४ पारित गरेको छ भने सुनवललाई नेपालको पहिलो बालमैत्री स्थानीय तह बनाउने र लोकतन्त्रका उपलब्धिहरुलाई सर्वसाधारणको पहुँचमा पुर्याउदैं आगामी ५ बर्षमा समृद्ध सुनवल बनाउने निर्णय भएको प्रवक्ता कृष्ण प्रसाद देवकोटाले बताउनु भयो ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]