२७ भदौ , काठमाडौं – आगामी असोज २ गते तराई मधेसका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले सो दिन सार्वजनिक बिदा दिने र पाँच दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार सिंहदरवारमा बसेको बैठकले तेस्रो चरणको निर्वाचनका लागि पाँच दिन बिद्यालय बिदा दिने निर्णय गरेको हो ।