२८ भदौ , काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् ।
त्यस्तै नेपाल आइडलका प्रतियोगीहरुलाई आ-आफ्नो गृहजिल्लामा भब्य स्वागत गरेका छन् । टप ३ मा पुगेका प्रतियोगीहरुलाई फिनालेमा जानु पूर्व नेपाल आइडलले कडा सुरक्षासहित आ-आफ्नो गृह जिल्लामा पठाएको हो । त्यस्तै प्रतियोगीहरुको प्रस्तुतिले पनि दर्शकहरुलाई लोभ्याएको थियो भन्ने कुरा जब आफ्नो गृह जिल्लामा पुगे त्यो समय प्रतियोगीहरुले पाएको मायाले प्रस्ट गरिसकेको छ । छोटो समयमा नै यसको लोकप्रियता बढ्दै गएको छ । अहिले प्रतियोगितामा तिन प्रतिष्पर्धी(बुद्ध लामा,निशान भट्टराई र प्रताप दास) बाँकी रहेका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले सेप्टेम्बेर २२ मा कतारमा हुने पनि तय भइसकेको छ । प्रतियोगीको गायन हेरेर दर्शकले दिने भोटको आधारमा नेपाल आइडल चुनिनेछ ।
पछिल्लो पल्ट नेपालमा एक मात्र डिजिटल एच.डि. भित्रिएको छ, त्यो हो AP1HD । AP1HD ले क्वालिटी युक्त च्यानल भित्र्याउने संगै गुणस्तरिय कार्यक्रम पनि भित्र्याएको छ। त्यसको ज्वलन्त उदाहरणको एक मात्र बिदेशी फ़्रेञ्चाइज रियालिटी शो ‘नेपाल आइडल (Nepal Idol)’ । सुरुका दिन देखि नै देश विदेशमा चर्चा परिचर्चा कमाउदै आएको शो पनि अब अन्त्य अन्त्यमा छ । नेपाल आइडल सकिए लगत्तै AP1HD ले फेरी अर्को अन्तरराष्ट्रिय फ़्रेञ्चाइज रियालिटी शो ल्याइसकेको छ। त्यो हो ‘Boogie Woogie (बुगी-वुगी)’। सोनी इन्टरटेनमेन्ट र सोनी इन्टरटेनमेन्ट एसियाको लागि नावेद जाफरी र रवि बेलले निर्माण गरेका भारतीय नृत्य प्रतियोगिता ‘Boogie Woogie (बुगी-वुगी)’ पनि फ़्रेञ्चाइज शो को रुपमा नेपालमा पनि भित्रिने पक्का भएको छ त्यो पनि मात्र AP1HD टेलिभिजनमा।
निशान भट्टराई (बिराटनगर )
बुद्ध लामा (पोखरा)