
काठमाडौं ।
चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय महिला तथा पुरुष वक्सिंग प्रतियोगितामा त्रिभुवन आर्मी क्लव टिम च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा त्रिभुवन आर्मीले १५ स्वर्ण, ४ रजत र १ कास्य प्राप्त गरी टिम च्याम्पियन बनेको हो।
प्रतियोगिकाका उत्कृष्ट बक्सर पुरुषतर्फ भुपेन्द्र थापा र महिलातर्फ रमिशा श्रेष्ठ घोषित भए । भुपेन्द्रले मोटरसाइकल र रमिसाले स्कुटर पुरस्कार पाए । त्यसैगरी उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मीका देवेन्द्र ठकुरी घोषित भएका थिए ।
प्रतियोगितामा महिला ४८ केजी तौलमा आरडीएक्सकी रमिशाले आर्मी क्लबकी आरती बमजङलाई ५–० अंकको आधारमा हराउँदै पहिलो स्थान हासिल गरिन् । ५० केजी तौलमा त्रिभुवन आर्मीकी लालुमाया खत्रीले बक्समाण्डकी पुर्णिमा तामांगलाई ५–० अंकको आधारमा पराजित गरि प्रथम स्थान हासिल गरेकी थिइन् ।
५२ केजी तौलमा एपीएफकी निन्जा बुढामगरले मकवानपुरकी रोशनी घलानलाई पराजित गरी स्वर्ण जितिन् । ५४ केजी तौलमा बक्समाण्डकी अन्जनी टेलीले नेपाल प्रहरीकी सुशीला भोलानलाई ५–० अंकका आधारमा हराएर पहिलो भइन् ।
५७ केजी तौलमा त्रिभुवन आर्मीकी मिनु गुरुंगले नेपाल प्रहरीकी नारिका रार्ईलाई पराजित गरी पहिलो भइन् । ६० केजी तौलमा फाइनलमा आर्मी क्लवकी वर्षा श्रेष्ठले एपीएफकी सुमित्रा नगरकोटीलाई हराइन् । ६३ केजी तौलमा फाइनलमा नेपाल आर्मीकी निलु गुरुले बक्समाण्डुकी बबिता गोडार क्षेत्रीलाई हराइन् । ६६ केजी तौलमा त्रिभुवन आर्मीकी संगीता डंगोलले कर्णालीकी अस्मिता चन्दलाई हराएकी थिइन् ।
यस्तै, ७० केजी तौलमा फाइनलमा त्रिभुवन आर्मीकी पुनम रावलले बक्समाण्डुकी कोष डोमा शेर्पालाई हराइन् । ७५ के.जी तौलमा त्रिभुवन आर्मीकी त्रिशा जवेभुले बक्समाण्डुकी शीला महर्जनलाई ५–० अंकको आधारमा पराजित गरेकी थिइन् ।
त्यसैगरी पुरुषतर्फ ४८ केजी तौलमा एचटूओका लालप्रसाद उप्रेतीले बक्समाण्डुका लक्ष्मण राईलाई ५–० अंकको आधारमा हराएर पहिलो भए । ५१ केजी तौलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले त्रिभुवन आर्मीका बिमल घर्तिमगरलाई ५–० अंकको आधारमा पराजित गरेका थिए ।
५४ केजी तौलमा त्रिभुवन आर्मीका प्रेम चौधरीले आरडीएक्स बक्सिंगका प्रेमकृष्ण डंगोललाई हराए। ५७ केजी तौलमा एपीएवलका विक्रम परियारले त्रिभुवन आर्मीका पुरण सुनवारलाई ३–२ स्पलीट डिभिजनमा हराए। ६० केजी तौलमा त्रिभुवन आर्मीका खगेन्द्र रोेकामगरले बोसीगाँउ बक्सिंग क्लवका सुलभ मालीलाई ३–२ स्पलीट डिसिजनको आधारमा हराएका थिए । ६३.५ केजी तौल समूहको रोमाञ्चक भीडन्तमा नेपाल प्रहरीका भुपेन्द्र थापाले बक्समाडौ बक्सिंग क्लबका सरोज महर्जनलाई ४–१ को स्पलीट डिसिजनको आधारमा हराएका थिए ।
६७ केजी तौलमा त्रिभुवन आर्मीका लालु आलेमगरले बक्समाण्डुका प्रसांगइजम लिम्बुलाई ५–० अंकको आधारमा पराजित गरे। ७१ केजी तौलमा त्रिभुवन आर्मीका दानबहादुर दलीमीले पहिलो स्थान हासिल गरे। ७५ केजी तौलमा त्रिभुवन आर्मीका गणेशकुमार श्रेष्ठले नक्साल बक्सिंग क्लवका आश्वीन धिरेन श्रेष्ठलाई ५–० अंकको आधारमा हराएका थिए।
यस्तै, ८० केजी तौलमा त्रिभुवन आर्मीका दीपक श्रेष्ठले बक्समाडौका मनोज तामांगलाई ५–० अंकको आधारमा हराए। ८६ केजी तौलमा त्रिभुवन आर्मीका मदन कार्कीले बक्समाण्डौका अभिराथ गुरुंगलाई राउण्ड २ मै हराए। ९२ केजी तौलमा एपीएफका रविन नेपालले त्रिभुवन आर्मीका पवन मोक्तानलाई ५–० अंकको आधारमा हराए। ९२ं केजीमा त्रिभुवन आर्मीका गणेश प्रधानले एपीएफका गोकुल गुरुंगलाई ५–० अंकको आधारमा पराजित गरेका थिए।
पहिलो हुने खेलाडीलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार रकम पुरस्कार दिइएको थियो। तेश्रो हुने दुई जनालाई १५/१५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।