
काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीकी नेकपा (एकीकृत समाजवादी) की नेतृ शीता रायमाझीलाई आज उपचार सहयोग प्रदान गरेका छन् ।
छातीमा समस्या उत्पन्न भएर यही असार २१ गते काठमाडौँको बानेश्वरमा रहेको सिभिल अस्पतालमा नेतृ रायमाझीको इमेरजेन्सी शल्यक्रिया गरिएको थियो । आज पूर्वमन्त्री आले अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
रायमाझीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले २५ हजार उपचार सहयोग गर्नु भएको पूर्वमन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ । अप्रेसन पश्चात नेतृ रायमाझीको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।
डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री आलेले डोटी लगायत समग्र सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौँ आएका आर्थिक अवस्था कमजोर भएका जनतालाई सधै उपचार सहयोगदेखि अन्य सहयोग सम्म गर्दै आएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।