०१ असोज , सप्तरी – सोमबार हुने प्रदेश नं २ मा तेस्रो चरण निर्वाचनका लागि सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
बिहार र सप्तरी सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गरेको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो ।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्तदुरुस्त र सुदृढ बनाइएको छ भने मतदातालाई ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले आग्रह गर्नुभयो ।
नेपाल भारतको हित हुने उद्देश्यले अति आवश्यक परेकालाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँच गरिसकेपछि मात्र जान दिन सकिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रासस