०२ असोज , काठमाडौँ – काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्यव्यवस्था उपमितिले पारित गरेको छ। कांग्रेसका जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले विधेयकलाई आइतबार पारित गरी समितिमा पठाउने निर्णय गरेको हो। राष्ट्रपति/उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा वा संसद् सभामुख, राष्ट्रियसभा अध्यक्षबाट निवृत्तलाई पूर्वपदाधिकारीमा समेटेर विधेयकमा सुविधाको व्यवस्था गरिएको छ।
पूर्वराष्ट्रपतिका लागि सरकारी आवास भवनको व्यवस्था गर्नुपर्ने र उक्त व्यवस्था नभएसम्मका लागि मासिक दुई लाख रुपैयाँ घरभाडा दिने विधेयकमा उल्लेख छ। काठमाडौंमा घर हुने राष्ट्रपतिलाई भने वार्षिक एकमुष्ट १० लाख रुपैयाँ दिइने पनि विधेयकमा उल्लेख छ।
यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।