३ असोज ,काठमाडौँ – आज असोज ३ अर्थात नेपालमा संविधानसभाबाट संविधान जारी भएको दिन । विक्रम संवत् २०७२ असोज ३ गते संविधानसभाले संविधान जारी गरेको थियो ।
नेपालमा धेरै संविधान बने तर ती संविधानभन्दा वर्तमानको संविधानको विशेष महत्व छ। यो संविधान संविधा सभाका छ सय एक सदस्य, तत्सम्बन्धी विज्ञदेखि लिएर धेरैले आफ्ना बुद्धि, विवेक र पसिना बगाएर निर्माण गरेका हुन्। यो संविधान बनाउन सर्वाधिक लामो समय लागेको छ भने खर्च पनि अबौर्ं रुपैयाँ भएको थियो ।