०८ असोज ,पाल्पा – पाल्पाको तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिकोे पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे डुबेको जानकारी गराए ।
डुबेको करिब ४५ मिनेटपछि उद्धार गरिए पनि युनाइटेड मिसन अस्पताल लैजाने क्रममा बाटामा नै उनको मृत्यु भएको बताइएको छ । विक तानसेनस्थित पद्म पब्लिक माविमा कक्षा ६ मा अध्ययन गर्दै थिए ।