काभ्रे, बनेपा ।
नेपाल रेडक्रस सोसाईटीले रेडक्रसका गतिविधिलाई छुट्टै कानून बनाएर अघि बढाउँने तयारी गरिराखेको छ । कानूनलाई पूर्णता दिन सरकारको स्वीकृति आवश्यक रहेको छ ।
उक्त भनाइ बनेपाको बुडोलमा आयोजित ३ दिने मानवीय मूल्य तथा संचार विभागले मानवीय मूल्य मान्यता सम्बन्धी समाचार लेखन सम्बन्धी तालिमका अवसरमा जानकारी गराईएको हो ।
नेपाल रेडक्रस सोसाईटी अन्र्तगत मानवीय मूल्य तथा संचार विभागले मानवीय मूल्य मान्यता सम्बन्धी समाचार लेखन सम्बन्धी तीन दिने तालीम प्रदान गरेको छ ।
नेपाल रेडक्रस सोसाईटीले महामारी तथा विपद् लगायतका बिषयसँग सम्बन्धीत समाचारमा मानवीय संवेदशीलताका पक्षलाई पनि उजागर गर्न आयोजित तालिममा विषय विज्ञहरुद्धारा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई तालिम दिइएको थियो ।
नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष प्रा. सुदर्शन नेपालले १७ महिनाको आफ्नो कार्यकालमा संकटमा परिसकेको सामाजिक संस्था रेडक्रसलाई विधिवत नविकरण गरि रेडक्रसको मूल्य मान्यता अनुरुपको कामलाई निरन्तरता दिएको बताए । उनले नेपाल रेडक्रसकै इतिहासमा पहिलो पटक एकीकृत लेखापरिक्षण गराउँन सफल भएको बताए ।
अध्यक्ष नेपालले विविध कारणले रेडक्रस सोसाईटीको मान मर्यादामा आँच आएको अवस्थामा नविकरण, एकीकृत लेखापरिक्षण, सामाजिक सेवा जस्ता गहन कार्यक्रमलाई निरन्तरता दिँदै आएको र छिट्टैनै अधिवेशन गराउँने तयारी भैरहेको जानकारी दिए ।
सोही अवसरमा उहाँले नेपाल रेडक्रस सोसाईटी सानो संस्था नई अन्तर्राष्ट्रिय मान्यता प्राप्त सामाजिक संस्था भएकाले रेडक्रस संचालनका लागि छुट्टै कानून आवश्यकता भएकोले सोही अनुरुप सरकारसँग आवश्यक कानून बनाउँन माग गरिएको जानकारी दिए ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटीका अन्तर्राष्ट्रिय मानवीय कानून (आईसीआरसी) विपदमा रेडक्रसका उपनिर्देशक शिवराम गौतमले रेडक्रसले विपद्, युद्ध, महामारी, स्वास्थ्य समस्या लगायतका अवस्थामा गर्ने सेवा र भूमिकाका बारेमा चर्चा गरेका थिए ।
वरिष्ठ पत्रकार जगत नेपालले पत्रकारितामा मानवीय मूल्य मान्यताको सम्मानपूर्वक सम्बोधन हुनुपर्ने विषयमा पत्रकार सचेत हुनुपर्ने बताए । सही गलत छुट्याउँने र मानवीय पक्षलाई पनि मध्यनजर गर्दै पत्रकारिता र समाजसेवालाई स्वच्छ र निष्पक्ष पत्रकारिताको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा अर्का प्रशिक्षक लक्ष्मण दत्त पन्तले पत्रकारितामा विश्वभर भैरहेको विगत र वर्तमानको डिजिटल युगमा भैरहेको अभ्यास बारे चर्चा गर्दै पत्ररकारले सही सूचना दिएर मानव कल्याणका पक्षमा कलम चलाउँनुपर्ने बताए ।
विज्ञ प्रशिक्षक कृष्णचन्द्र चालिसेले मानवीय कुटनीति र मानवीय कानून बारे प्रशिक्षण दिनुभयो । उनले नेपाल रेडक्रस तथा आईसी आरसीको मूल्य र मान्यता अनुसार मानवीय संवेदनशिलतलाई केन्द्रमा राखेर पत्रकार, मानव अधिकारवादी र रेडक्रस कर्मीले सँगसँगै काम गर्न सक्ने बताए ।
नेपाल रेडक्रस सोसाईटीका मानवीय संचार निर्देशक विपुल न्यौपानेले उद्धार सहयोगको लागि अन्तर्राष्ट्रिय रेडक्रस समक्ष सहयोग माग गर्दा त्रिपाल देखि साबेल, बेलचा, साना डोजरका पार्टपुर्जा सहित आउँने तर त्रिभुवन विमान स्थल वा राजश्व विभागका कर्मचारीलाई बुझाउन कठीन भएकाले रेडक्रसको छुट्टै कानूनको आवश्यकता परेको हो ।
आईसी आरसीले आफुलाई चाहिने र सहयोग गर्ने सम्मका खाद्यान्न र उपकरणहरु ल्याउँदा भन्सार तथा त्रिभुवन विमान स्थलमा सामान छुटाउँन झण्झटिलो भएकाले सहज बनाउँन कानूनी प्रकृयाका लागि सरकार समक्ष आग्रह गरिएको जानकारी गराए ।
सहभागी पत्रकारहरुलाई नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष नेपालले पत्रकारसँग पहिलोपट यो मोडलको कार्यशाला गरिएको र यसबाट उठेका बिषय भोलीका दिनमा कार्यान्वयन गर्दै लैजानेछौ । सामाजिक क्षेत्रमा काम गर्ने निकायमा संयमता र पारदर्शिता हुनुपर्छ । रेडक्रसकर्मी र पत्रकार एकै थलोमा बसेर निकालेका निष्कर्षलाई मध्यनजगर गर्दै विपद्बाट हुने मनोबैज्ञानिक असरका बिषयमा ध्यान दिनुपर्छ । यो कार्यशालाले भोलिका दिनमा सहकार्य गर्न सहज हुने विश्वास लिएको छु । भोलीका दिनमा पालिका तह सम्म जानलाई विधान परिमार्जन गर्दैछौ । हामी धेरै नयाँ नयाँ कुरा गर्न चाहन्छौ भने ।
उनले यसका लागि नेपाल रेडक्रसको कार्य सम्पादनका लागि छुट्टै कानूनको आवश्यकता परेकोछ । १ सय ९२ मुलुक यो संस्थामा छन र १ सय २० वटा मुलुकमा छुट्टै कानून बनीसकेको अवस्था छ । नेपाल रेडक्रसले विधान बनायो यसको याक्ट नबनेकाले विधानले नै काम गर्दै आएको छ ।
हिजोका दिनमा नेपाल रेडक्रसमा छुट्टै कानूनको आवश्यकता रहेको महसुस गरि नेपाल सरकारको कानून मन्त्रालयमा २० पटक भन्दा बढी पुगे । मन्त्री, सचिवलाई राम्ररी बुझायौ । तर अहिले सम्म यो कानून बनेको छैन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सहसचिवको नेतृत्वमा कमिटी गठन भयो ।
२ वटा बैठक बसेपछि सहसचिवको सरुवाले पुन बैठक बस्न सकेको छैन । रेडक्रस कानून धेरै कारणले आवश्यक छ भने । सोही अवसरमा उहाँले सहभागी पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा सहभागी पत्रकारहरु लक्ष्मण कार्की, दुर्गा खड्का, कविता थापा लगायतले रेडक्रसले गरेका काम र भोलीका दिनमा संचार माध्यमसँग सहकार्य गर्दै अघि बढ्न सके अझ प्रभावकारी हुने सुझाव दिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।