रौतहट ।
पछिल्लो समय रौतहटको बनमा हिंस्रक बन्यजन्तु बढेपनि संरक्षणको अभाब देखिएको छ । सोमबार रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा नहर बाट एउटा चितुवा मृत अवस्थामा बग्दै आएको अवस्थामा भेटिएको छ । मृत चितुवाको मुख बाट रगत निस्केको अवस्थामा भेटिएपछि सरोकारनिकाय र स्थानीयको अलग अलग प्रतिक्रिया रहेको छ ।
मृत चितुवाको मुख बाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने अडलवाजी स्थानीयको रहेको छ भने गोली अथवा प्रहारको चोट वा घाउ नदेएिकोले कालगतीले मरेको दाबी डिभिजन बन कार्यालय रौतहटको रहेको छ । किसानको खेतमा सिचाई गर्न बाग्मती सिचाई आयोजनाले निर्माण गरेको कुलोमा मृत चितुवा बग्दै वृन्दावन नगरपालिका–१ बलेरीमा आइपुगेपछि स्थानीयले बन कर्मचारीलाई खबर गरेका थिए ।
बन कर्मचारीले मृत चितुवालाई वृन्दावन सबडिभिजन वन कार्यालयमा लगी स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर शदगद गरेका छन् । मृत भेटिएको चितुवा अन्दाजी १० देखि १२ वर्ष उमेरको रहेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।
डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले चितुवाको मृत्यु कालगतीले भएको बताए । पछिल्लो समयमा रौतहटको बन संरक्षणको अभाबमा चोरी शिकारी र तस्करी बढेको स्थानीयले बताउँदै आएका छन् । बन बाट गोलिया काठको तस्करीका अलावा बनकुखुरा, हरिण, बँदेलको समेत सिकार हुँदै आएको स्थानीयले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।