काठमाडाैं ।
मुलुकको एकमात्र अर्धसैनिक बल सशस्त्र प्रहरी बल नेपालले आज बुधबार २४औं वार्षिकोत्सव मनाउँदै छ । मुलुकमा चरम द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई गतिलो रूपमा उपस्थित गराउन सफल भएको छ ।
स्थापनाको २४ वर्षमा सो संगठनले १२ वटा संगठन प्रमुख पाइसकेको छ । सीमा सुरक्षाका साथै देशभरको भन्सार सुरक्षा, विमानस्थलदेखि राज्यले सुम्पेको महत्वपूर्ण जिम्मेवारी पूरा गर्दै आएको छ । साधन स्रोतको कमी भए पनि सो संगठनले जनताको हितमा काम गर्दै आएको छ । स्थापनाको उद्देश्य अनुरूप सशस्त्र प्रहरी बलले आफूलाई अघि बढाउँदै आएको सो संगठनका पूर्वप्रमुख सनत बस्नेत बताउनुहुन्छ ।
सशस्त्र प्रहरी बलले २४औं स्थापना दिवस मनाइरहँदा हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिहरु पनि सार्वजनिक भएको छ । जसमा संस्थागत, सामाजिक, व्यावसायिक, सीमा सुरक्षा, अप्रेसनल तथा कल्याणकारी कार्यअन्तर्गत भएका कामहरु छन् ।
संस्थागत कार्य
संस्थागत कार्यअन्तर्गत १७ वर्षसम्म एउटै पदमा रहेका सशस्त्र प्रहरी कर्मचारीसहित ७ हजार १ सय ५८ जना पदोन्नति गरिएको छ भने सबै सशस्त्र प्रहरी कर्मचारी एक सिपाही एक बेडिङ्गकार्यबाट लाभान्वित, गुल्म स्तरसम्मका १ सय १४ वटा युनिटमा मेस सुधार र ८१ वटा युनिटमा पाहुना घर निर्माण सम्पन्न भएको र ४ स्थानमा निर्माण, ८८ वटा इकाइमा विद्युतीय चुल्हो जडान गरी राइस स्टिमर सञ्चालन, सशस्त्र प्रहरी बल नेपालका इकाइहरुमा प्लास्टिकजन्य वस्तुहरु प्रायोगमा निषेध, पोखरामा इलेक्ट्रिक सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण, सशस्त्र प्रहरी कर्मचारीलाई कानुनी सेवा प्रदान गर्न कानुनी सहायता कक्षको स्थापना गरी कार्य सुचारु गरेको जनाइएको छ ।
युनिट प्रोसेस रिपोटिड सिस्टम मार्फत गण र गुल्महरुको दैनिक कार्यप्रगति विवरण हेर्ने, आन्तरिक कार्य प्रयोजन (प्रशासनिक, तालिम, अप्रेसनल तथा सीमा) का लागि हालसम्म कार्यविधि, निर्देशिका, मापदण्ड, स्थायी आदेश प्रतिवेदन, कार्य योजना, अवधारणापत्र, विधान गरी कूल ९२ वटा स्वीकृत भई प्रयोगमा ल्याइएको, बिदालाई व्यवस्थित गर्न अनलाइनमार्फत दिभ म्यानेजमेन्ट सिस्टम प्रयोगको शुरुआत, युनिटहरुको स्थापना दिवस मनाउने कार्यको थालनी, कमाण्डका लागि पूर्वानुमान सूची प्रकाशन, सम्पूर्ण कार्यालयहरुको साइनबोर्डमा एकरूपता, परिचरहरुको श्रेणी छुट्टिने चिह्नको प्रयोग गर्ने, समारोह तथा आन्तरिक व्यवस्थापन शाखा स्थापना गरी कार्य सञ्चालन, प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको गोप्य प्रतिवेदन फारम भर्ने व्यवस्था गरिएको प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाले बताउनुभएको छ ।
सोसल मिडिया मनिटरिड डेक्स स्थापना, सशस्त्र प्रहरी बलमा हुने विभिन्न खाले सलामीहरु सम्बन्धमा एकरूपता कायम, प्रत्येक तालिम शिक्षालयको आ–आफ्नो मोटो बनाई प्रयोग, तालिम शिक्षालयहरुमा प्रशिक्षकका रूपमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई एक्स्ट्रा चुस्ता र बुट उपलब्ध गराइएको, युनिटमा रहेका सवारीसाधनको अदलीबदली गरी मौज्दात रहेकाहरुबाट स्थान अनुसार उपयुक्त सवारीसाधन उपलब्ध गराइएको, गुणस्तरीय स्केलका सामग्रीहरु लगायत थप ट्रयाकसुट, स्पोर्ट सुज, हिमाली कपडा, सिनियर अधिकृतहरुलाई स्मार्ट ज्याकेट तथा व्याल्क्वेटको व्यवस्थापन गरिएको पनि उहाँले जनाउनुभएको छ ।
यसै गरी, १२ वर्ष र २५ वर्ष सेवा अवधि पुगेका सशस्त्र प्रहरी कर्मचारीलाई राष्ट्रसेवा पदक उपलब्ध गराउने काम भएको छ भने युनिट युनिटको परस्पर सरुवाको शुरुआत, निर्माण कार्यविधि अनुसार भौतिक पूर्वाधारको निर्माण, युनिटहरुमा जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृह निर्माण जस्ता कामलाई तीव्रता दिएको पनि प्रवक्ता न्यौपाले बताउनुभयो ।
वाहिनी, प्रतिष्ठान, तालिम शिक्षालय र काठमाडौंस्थित गणहरुमा भेन्डिङ्ग मेसिन जडान गर्ने काम अन्तिम चरणमा रहेको, सबै प्रदेशमा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीको सम्मेलन गर्ने कामले तीव्रता पाउनुका साथै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा पदक दिनेको व्यवस्था सशस्त्रले गरेको छ ।
संगठनको छवि उच्च राख्ने सशस्त्र प्रहरी कर्मचारीलाई पदोन्नति, अनुकरणीय तथा आदर्श अधिकृत छनोट, समर्पण एपीएफ मासिक पत्रिका प्रकाशन, सबै प्रदेशमा ब्यान्ड परिचालन र ब्यान्डलाई थप प्रभावकारी बनाइएको, परिचरहरुलाई जवानसरहको फ्रि–स्केलका सामग्रीहरु उपलब्ध गराएको, मेकानिक्सहरुलाई एप्रोन उपलब्ध गराएको, फ्रि–स्केलका सामग्रीमा डिमान्ड बेस्ट सप्लाई सिस्टाम लागू गरिएको पनि उहाँले जनाउनुभयो ।
सामाजिक कार्य अन्तर्गत
यसअन्तर्गत सबै युनिटमा फुल गार्डेन व्यवस्थान, वृक्षरोपण कार्यक्रम गरी ७५ हजार १७ वटा फलफूल तथा अन्य जातको बिरुवा रोपिएको, अमर सशस्त्र प्रहरी कर्मचारीका नाममा ४१ वटा शिलालेख सम्पन्न, १४ वटा निर्माणाधीन र ९ स्थानमा तयारी गरिएको, खालि जमिनमा कृषि कार्यक्रम, लागूऔषध, सीमा सुरक्षा र युवाको विषयवस्तुमा आधारित रहेर सचेतनामूलक कार्यक्रम सञ्चालन सशस्त्र प्रहरीले गरेको छ ।
राष्ट्रिय सडक सुरक्षा परिषद्सँगको सहकार्य गरी नागढुङ्गा–नौबीसे–मुग्लिन सडकमा दुर्घटना तत्काल उद्धार गर्न सशस्त्र प्रहरी बल नेपालले पोस्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस प्रदान, संगीततर्फको कला, साहित्य सम्मान पुरस्कार प्रदान गर्ने कार्यको शुरुआत पनि गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
कल्याणकारी कार्य
बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारीका सन्ततिलाई लक्षित प्याब्सन अन्तर्गतका विद्यालयहरुमा एक विद्यालय एक छात्रवृत्ति अन्तर्गत ६ सय ३८ जनालाई छात्रवृत्ति प्रदान, विभिन्न अस्पतालसँग सम्झौता गरी उपचार सेवामा छुट, काठमाडौंबाट बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी लक्षित एपीएफ सुपथ सेवा क्यान्टिन सञ्चालन, अस्पताललाई ३ सय शय्याको जनरल अस्पतालका रूपमा स्तरोन्नति, अस्पतालमा अन्कोलोजी युनिट, सिटी स्क्यान, एमआरआई, बर्न युनिटको स्थापना गरी सुविधा थप गरिएको पनि उहाँको भनाइ छ ।
यस्तै, अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गरिएको, ३० लाखको अक्षयकोषबाट सशस्त्र प्रहरी बल नेपाल विपद् राहत कोष स्थापना भई ५ लाख वितरण भएको, चार स्थानमा एपीएफ स्कुलको विस्तार, क्षेत्रीय अस्पतालको स्तोरोन्नति, सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई सीपमूलक तालिम सञ्चालन, वर्षमा ५० जना कर्मचारीलाई १० हजारका दरले कल्याणकारी सेवा केन्द्रबाट पारिवारिक, भ्रमण भत्ताको व्यवस्था समेत गरिएको प्रवक्ता न्यौपाको कथन छ ।
त्यसै गरी, भूमिहीनका लागि भूमि कार्यक्रमअन्तर्गत पाँच जना सशस्त्र प्रहरी कर्मचारीले प्राप्त गरेको, प्रशिक्षक तथा प्रशिक्षार्थी भत्ताको व्यवस्था, कल्याणकारी सेवा केन्द्रबाट प्राप्त हुने सहुलियत ऋणको दायरा बढाएर १० लाख रुपियाँसम्म सीमा आवास कर्जाको व्यवस्था मिलाइएको, ५० हजार रुपियाँ सामाजिक व्यवहार कर्जाको व्यवस्था, १० लाख रुपियाँसम्म प्राकृतिक प्रकोप कर्जाको व्यवस्था, जुनियर अधिकृतहरुलाई समेत चारपाङ्ग्रे सवारी कर्जा उपलब्ध, सशस्त्र प्रहरी कर्मचारीहरुका लागि चाडपर्वको समयमा रात्रि तथा दिवा बस सेवा सञ्चालन, अवकाशप्राप्त तथा राजीनामा स्वीकृत गराई उपदानमा जाने पूर्वसशस्त्र प्रहरी कर्मचारी एवं वीरगतिप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई परिचयपत्र उपलब्ध गराउने व्यवस्था समेत सशस्त्र प्रहरीले गरेको छ । ९७ वटा युनिट मन्टेश्वरीसहितको शिशु स्याहार केन्द्र तथा एक सिपाही एक सीप कार्यक्रमअन्तर्गत ८ सय जनाले तालिम दिएको र प्रत्येक वर्ष १ हजार सशस्त्र प्रहरी कर्मचारीहरुलाई दिइने योजना सशस्त्र प्रहरीको रहेको छ ।
व्यावसायिक कार्य
प्रोफेसनल एक्टिभिटी साइकलको सञ्चालन, एपीएफ नेपाल इन्स्यिुच्युट अफ मेडिकल साइन्स स्थापना, सशस्त्र प्रहरी अस्पतालमा पोस्ट ग्य्राजुएटको शुरुआत गर्ने, १८ जना चिकित्सक सशस्त्र प्रहरी अधिकृतहरुलाई शैक्षिक दरबन्दी अनुरूपको जिम्मेवारी पत्र प्रदान, समयसापेक्ष ७४ वटा तालिम पाठ्यक्रमको परिमार्जन, चिनियाँ तथा फ्रेन्च भाषाका कक्षाहरु सञ्चालन, अपराध अनुसन्धान तालिमको शुरुआत समेत सशस्त्र प्रहरीले गरेको छ ।
नेपाली सेनाको समन्वयमा प्रतिविद्रोह र आतंकवाद नियन्त्रण तालिम सञ्चालन, ६ वटा तालिम शिक्षालयको स्तरोन्नति, तालिम सञ्चालनलाई व्यवस्थित गर्न प्रशिक्षण प्रतिष्ठान तथा तालिम शिक्षालयहरुमा मात्र तालिम सञ्चालन गर्ने व्यवस्था, तालिम प्राप्त अधिकृतहरुलाई वाहिनीहरुमा खटाई मनोपरामर्श सेवा सञ्चालन, प्रशिक्षण प्रतिष्ठान र तालिम शिक्षालयहरुमा डेमो प्लाटुन तयार गरी कार्यान्वयन, हाई अल्टिट्युड तालिमको शुरुआत पनि गरिएको प्रवक्ता न्यौपाने बताउनुहुन्छ ।
अप्रेसनल कार्य
९ वटा विपद् व्यवस्थापन बेसको स्थापना, नेपालमा नै गोताखोर तालिम सञ्चालन गरी सबै प्रदेशका १० स्थानमा गरी १ सय ९ जना परिचालन, हटलाइनसहितको अनुगमन तथा गुनासो व्यवस्थापन स्थापना गरी मातहत सम्पूर्ण युनिटको प्रधान कार्यालयबाट अनुगमन गर्ने व्यवस्था, ऐनको मस्यौदा तयार गरी मन्त्रालयमा पेस गरिएको छ । प्रतिआतंकवाद सेलको गठन गर्नुका साथै अनुशासनात्मक ट्याकिड युनिटको स्थापना गरी गण तथा गुल्म तहको अनुगमन गर्ने गरिएको, प्रत्येक युनिटहरुमा फिल्ड फोर्टिफिकेसन मजबुद बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गरेको पनि उहांले जानकारी दिनुभयो ।
सीमा सुरक्षासँग सम्बन्धित कार्यहरु
अन्तरक्रिया, जनचेतना, स्वास्थ्य शिविर, सीपमूलक तालिमलाई समेटी सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सञ्चालन, सीमास्तम्भको मर्मत सम्भार तथा रङ्गरोगन, सीमा क्षेत्रमा २४सै घण्टा सीमा गस्ती, नियमित रूपमा समकक्षीसँग समन्वय तथा बैठक, क्युइक इम्याट प्रोजेट मार्फत ४ सय ९५ स्थानमा विभिन्न कार्यक्रम पनि सशस्त्र प्रहरीले गरेको छ ।
वर्तमान आवश्यकतालाई महसुस गरी सीमा सुरक्षा विभागको स्थापना, ३ स्थानका सीमा नाकाहरुमा तालिमप्राप्त कुकुरको परिचालन, सीमावासी लक्षित कल्याणकारी कार्यक्रम (सीमामा समदृष्टि, शैक्षिक वृति कार्यक्रम, सीपमूलक तालिम तथा स्वास्थ्य शिविर सञ्चालन, वार्षिक १५ जनालाई १२ हजार रुपियाँ बराबरको छात्रवृत्ति कार्यक्रम लागू गरेको पनि न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै, ४५ वटा स्थापना प्रस्तावित सीमा सुरक्षा गुल्महरुको स्थापना, थप २६ वटा बीओपी स्थापना र ८ वटा पाइपलाइनमा रहेको, ४ सय २५ वटा बीओपीका लागि योजना मन्त्रालयमा पेस गरिएको, सीमावर्ती जिल्लामा सूचना संयन्त्र मजबुत बनाउनका लागि इन्ट अफिसर परिचालन, सीमा क्षेत्रमा जडित क्लोज सर्किट क्यामेराहरु थप गर्दै लगिएको, सीमा अपराध नियन्त्रणमा रणनैतिक योजना तयार गरी परिचालन, चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय वृद्धि भएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको भन्सार सुरक्षार्थ स.प्र. बल नेपालको टोली परिचालन, भारतीय सशस्त्र सीमा बलसँग संयुक्त अभ्यास सञ्चालन, बीओपीहरुको थप जग्गा प्राप्ति र खरिद कार्य, बीओपीहरुको पूर्वाधार विकासका लागि आवश्यक बजेटको व्यवस्था, बीओपीहरुका लागि सर्च लाइट र नाइट भिजन इक्विपमेन्टको व्यवस्था तथा सीमा अनुगमन गर्ने उद्देश्य सहित सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले गत जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको प्रवक्ता न्यौपानेको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।