१२ असोज , काठमाडौँ – रेडियो प्रस्तोता बासुदेव मुनालको निधन भएको छ । रेडियो नेपालबाट प्रस्तुत हुने बाल कार्यक्रम मार्फत परिचित रेडियोकर्मी मुनालको आज सांझ क्यान्सर रोगका कारण निधन भएको हो ।
घाँटीमा भएको क्यान्सर (पाइरोफ़ोम साइनस) को उपचारमा रहनुभएका मुनालको ६८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो । फेसबुक पोस्टमार्फत रेडियो नेपालका उपनिर्देशक तथा संगीतकार एबम गायक टीका भण्डारीले मुनालको निधनबारे जानकारी गराएका थिए । मुनालका छोरा मोहितले आफूलाई घटनाको जानकारी गराएको भण्डारीले उल्लेख गरेका छन् । रेडियो नेपालको बाल कार्यक्रममार्फत स्रोतामाझ परिचित मुनाललाई ११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । रेडियो नेपालको बाल कार्यक्रमले नै उनलाई बालबालिका बिच मात्र नभएर सिङ्गो नेपाली समाजमा नै रेडियो प्रसारणको एक सफल हिरो बनायो, सूचना र संचारको क्षेत्रमा एक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा चर्चित बनायो’ भण्डारीले फेसबुकमा लेखेका छन् ।
बासुदेव मुनालले ६ वर्ष अघि मस्तिष्क घात भएपछि रेडियो नेपालबाट अवकास लिएका थिए ।