१३ असोज , काठमाडौँ – प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रासस