बुटवल।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताएका छन् । ज्येष्ठ नागरिकहरुको सम्मान, उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै उनले वर्तमान सरकार यी तीनैवटा कुराका निम्ति सचेत र संवेदनशील रहेको बताए ।
रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले ज्येष्ठ नागकिहरुको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुवात एमालेले गरेको स्मरण गरे ।
बजेट निर्माणका बेलामा प्रधानमन्त्री ओलीले मलाई बोलाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, त्यसैले उहांको निर्देशन बमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”–अर्थमन्त्री पौडेलले भने, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनु पर्छ ।”रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकहरुका इच्छा र आकांक्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उनले अव बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारको तर्फबाट यथोचित संबोधन हुने पनि आश्वासन दिलाए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गरे ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताए ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी पाँचयस जना ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित अत्याधुनिक भवन बन्न लागेको हो ।
यो भवन पाँच तलाको हुने श्रृगेश्वरधामका अध्यक्ष कृषि भण्डारीले जानकारी दिए । कार्यक्रममा ज्येष्ठ नागरिक केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, सचिव दया भण्डारी लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले गरिरहेको सेवाका सम्बन्धमा प्रकाश परेका थिए।
त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँगाउँमा निर्माण हुने धार्मिक एवं आध्यात्मिक मंगल भवनको सोमवार नै एक समारोह बिच उपप्रधान तथा पौडेलले शिलान्यास गरे । स्वामिनारायण मुक्तिनाथ धाम परिसरमा निर्माण हुने सो मंगल भवनको शिलान्यास गर्दै उपप्रधान मन्त्री पौडेलले धार्मिक समुदायले सामाजिक विकासमा पुराएको योगदानको चर्चा गरे ।
तराईको मुक्तिनाथ भनेर चिनिने धार्मिक आस्थाको केन्द्र मुक्तिनाथ धाममा मंगलबारदेखि आयोजना हुने श्रीमदभागवत १८ पुराण महायज्ञ पश्चात निर्माण सुरु हुने सो मंगल भवनको लागत ईष्टिमेट करिब ४ करोड रहेको धामका संरक्षक डिल्ली प्रसाद शर्माले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।