![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a4b0e0a4b8e0a58de0a4b5e0a4a4e0a580-e0a4aee0a582e0a4b0e0a58de0a4a4e0a4bf-e0a4b5e0a4bfe0a4b8e0a4b0e0a58de0a49ce0a4a8-e0a497.jpg)
काठमाडौं ।
सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा बाग्मती नदीमा डुबेर एक युवको मृत्यु भएको छ ।
रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए ।
मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।