![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a7e0a4a8e0a497e0a4a2e0a580e0a4ace0a4bee0a49f-e0a4a6e0a581e0a488-e0a4a5e0a4bee0a4a8-e0a4ade0a4b0e0a582e0a4b5e0a4be-e0a4ace0a4a8.webp)
कैलाली ।
दुई थान भरुवा बन्दुकसहित प्रकरीले तीन जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिक-१८ एफ गाँउस्थित आर्याघाटबाट भरूवा बन्दुक २ थान र चक्कु १ थान सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिक-१९ बस्ने ३९ वर्षीय गुरू प्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत अली र ४० वर्षीय देसराज राना रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।