पाल्पा।
पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।
यही माघ २३ गते मृत अवस्थामा भेटिएका रिब्दीकोट गाउँपालिका–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई घरबेटी विष्टले हत्या गरेको खुल्न आएको छ । बुढाथोकी विष्टको घरमा डेरमा बसी लेवर काम गर्दै आएका थिए ।
जिल्ला प्रहरी कायाृलयका अनुसार बुढाथोकी माघ २३ गते बिहान साढे ८ बजे आफ्नै कोठामा नाक, मुख, निधार र सुतेको खाट तल समेत रगत भएको अवस्थामा मृत फेला परेका थिए ।
अनुसन्धान गर्दै जाँदा घरबेटीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । मल्लका अनुसार विष्टलाई बिहीबार पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान थालिएको छ । बुढाथोकीको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गराई परिवारलाई बुझाइएकोे पहरिले जनाएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।