![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a4bee0a4aee0a4bee0a49ce0a4bfe0a495-e0a4b8e0a482e0a49ce0a4bee0a4b2e0a495e0a58b-e0a4a6e0a581e0a4b0e0a582e0a4aae0a4afe0a58be0a497.jpg)
काठमाडौं।
सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका-११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरूघाट गाउँपालिका-६ घर भएका २९ वर्षीय पदम बहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका-७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका-७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।
विभिन्न मितिमा तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डर/त्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।