
प्युठान।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।